यस्ताछन् मुख्यमन्त्री शेरधन राइको अमेरिका भ्रमणका तथ्य


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

– राधाकृष्ण देउजा

अनावश्यक विषय र प्रसँगहरुमा धेरै समय फालियो कि भन्ने लागेर फेसबुकनै डीएक्टिभेट गरेको थिएँ तर आफ्नै समेत सहभागितामा भएको कार्यक्रममा स्वयँ म आफु समेत सम्वद्ध सँस्थाको जिम्मेवार तहका साथीहरुको निमन्त्रणालाइ हार्न नसकेर, आफ्नो व्यक्तिगत भ्रमणमा पनि नेपाली समुदायको निम्ती समय निकाल्दै कार्यक्रममा सहभागीता जनाउने प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री शेरधन राइको अमेरिका भ्रमणको विषय अनि वाहाँले सार्वजनिक कार्यक्रममा सहभागिता जनाएको विषयलाइ अतिरन्जित ढंगले प्रचार गरेर अनावश्यक विवाद निकालिए पछि भने न त फेसबुकलाइ शान्त राख्न सकियो न त केहि नलेखी रहननै सकियो ।

माननीय मुख्यमन्त्री शेरधन राइको अमेरिका भ्रमणको बारेमा निम्न तथ्यलाइ स्मरण गरिदिनु हुन सबैलाइ अनुरोध छ :

१. सर्वप्रथम वहाँको यो अमेरिका भ्रमण नितान्त निजी भ्रमण थियो , वहाँले साथीभाइको अनुरोध हार्न नसकेर जहाँ जहाँ कार्यक्रममा सहभागी हुनु भयो त्यहाँ बडो प्रष्ट शव्दमा यो मुख्यमन्त्रीको रुपमा नभएर निजि खर्चमा उपाचार गर्न ब्याङ्ककको अस्पतालमा गएको एक विरामी जसको परिक्षणको रिपोर्ट आउन समय लागेपछि समयको उपयोग गर्ने यात्रुको हिसावले हो भनेर प्रष्ट पार्नु भएको छ । सूचना र प्रविधिको यो जमानामा वहाँले बोलेको कुराको रेकर्डनै पनि पक्कै होला , पाइएला ।

२. कतिपय उपरबुज्रुकहरुले विगतमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाइ अमेरिका भ्रमणमा रोक लगाउने सरकारले आफ्नो पार्टीको भएकोले शेरधन राइलाइ अमेरिका आउन दिएको अर्थ लगाएर कुप्रचार गरेको पनि पाइयो । यो आरोपलाइ पनि तथ्यले साथ नदिने मात्रै हैन मित्थ्यानै सावित गर्ने छ किनकि एक बर्ष अगाडी मुख्यमन्त्रीको रुपमा अमेरिका आउन नपाउने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत मात्रै हैन स्वयँ शेरधन राइ पनि थिए, जसको कारणले टेक्सासमा शेरधन राइको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भनेर फ्लायर बाडने साथीहरुले गलत प्रचार गरेको आरोप समेत सहनु परेको थियो । पदीय जिम्मेवारी र हैसियतमा अनावश्यक विदेश भ्रमण गर्न हुदैन भन्ने वर्तमान सरकारको नीतिले कति मन्त्रीहरुको विदेश भ्रमण रोकिएको छ भनेर खोजि गर्ने हो भने सुची लामै हुने पक्का छ । तसर्थ यदी ब्याङ्ककको अस्पतालले तुरुन्त रिपोर्ट दिएको हुन्थ्यो भने माननीय मुख्यमन्त्री राइ अमेरिका हैन विराटनगरको मुख्यमन्त्री कार्यालयमा हुनु हुने पक्कै थियो ।

३. हुन त मुख्यमन्त्रीको भ्रमणको बारेमा प्रदेश सरकार समेत वेखवर रहेको भनिएको थियो तर त्यो आरोप सहितको दावी पनि गलत रहेको कुरो त एक नम्बर प्रदेशका कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले नै बताई सक्नु भएको छ ।

अत: माननीय मुख्यमन्त्री शेरधन राइ आफ्नो निजि खर्चमा उपचारको दौरान परिक्षण र त्यसको रिपोर्ट आउने समयको विचको समय उपयोग गर्दै अमेरिका आउनु भएको विषयलाइ उछल्नु पर्ने कुनै आवश्यकता देखिदैन , यसमा वहाँलाइ विवादित र बदनाम गर्नु पर्ने केहि कारण देखिदैन । बरु निजि भ्रमणमा आएको जान्दाजान्दै , वहाँको नम्रताको फाइदा उठाउँदै वहाँको समयलाइ जवरजस्ती सार्वाजनिक कार्यक्रममा खर्चिन बाध्य पार्ने हामि जस्ताले चाहिँ माफी माग्नु पर्ला, मुख्यमन्त्रीज्युसँग जसले हाम्रो निमन्त्रणालाइ स्वीकारेर निजि समय समुदायलाइ दिएकै हुनाले अनावश्यक चर्चा , परिचर्चा र विवादको सामना गर्नु पर्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com