निर्मलाको न्यायका लागि पीडित परिवारले गरे अनिश्चित्कालीन धर्ना


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दवाव दिँदै आईतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरु गरेका छन ।

निर्मलाकी बुबा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरुले न्यायका लागि सरकारलाई दवाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन । सरकारलाई न्याय दिन बाध्य पार्न थप दवाव दिन अनिश्चितकालीन धर्ना दिन सुरु गरिएको निर्मलाकी बुबा यज्ञराज पन्तले जानकारी दिनु भयो ।

धर्ना दिनु अघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै अधिकारकर्मीहरुसहितको ¥याली निकालिएको थियो । सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरुकै उपस्थितिमा थप दवाव दिन धर्ना अभियान सुरु गरिएको पनि यज्ञराजले बताउनु भयो । नागरिक समाज र संचारकर्मीहरुको पहलमा भने निर्मलाले न्याय पाउने पीडित परिवारको विश्वास छ ।

पीडित परिवारले निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन । यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधिलाई पक्राउ गरी कार्वाही नगरे आफूहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिनु भयो । उहाँले सरकारले अपराधिलाई पत्ता लगाउन नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती, भाई मोहित रहेका छन । त्यसैगरी कान्छी आम लक्ष्मी र आफन्तहरु पनि धर्नामा सहभागी भएका छन । यस अघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेट गरी धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे आफूहरु मर्न तयार हुने चेतावनी पनि दिनु भयो । गत श्रावण १० गते साथीको घरमा गएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।

सोही दिनदेखि हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार, आफन्तको साथमा देशभर आन्दोलन हुँदा पनि सरकारले अझै अपराधि पत्ता लगाउन सकेको छैन । त्यसक्रममा निर्मलाकी बुबाआमा न्याय माग्दै काठमाडौं समेत आएका थिए ।

प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आग्रह गर्दा पनि अझै आफूहरुले न्याय पाउन नसकेको निर्मलाका बुबा यज्ञराज र आमा दुर्गाको गुनासो छ । पीडित दुवैले छोरीले न्याय नपाए आफूहरु आत्महत्या गर्न तयार हुनेतर्फ पनि सरकारलाई सचेत गराउँदै आएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com