मीरालाई जिताउन न्युयोर्कमा कार्यक्रम, यसरी हालौं भोट


प्रकाशित मिति : मंसिर २७, २०७३ सोमबार

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी अल्ट्रा धावक मीरा राईलाइ जिताउन न्युयोर्कमा  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष राईले मीराले नेपाल र नेपालीको शिर उच्चा पार्ने काम गरेकोले सबैले भोट दिएर उनलाई जिताउनुपर्ने भनाई राख्नुभयो । कार्यक्रममा अर्गनाइजेसनका उपाध्यक्ष मुना राईले स्वागत मन्तव्य राख्दै अनुराधा कोइराला, पुष्पा बस्नेतलाई सिएनएन हिरोमा जिताए झैं उनलाई पनि जिताउन आग्रह गर्नुभयो ।

नेपाल सरकारका प्रतिनिधि एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण सुवेदीले मीराको जित नेपालीको जित भएकोले सबैले उनलाई केही समय निकालेर भएपनि भोट दिन आह्वान गर्नुभयो । यसैगरी विशेष अतिथि एवं जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ संसारभर भएका जनसम्पर्क समितिमा मीरालाई भोट हाल्न पहल गर्ने वचन दिनुभयो ।

मिरालाई सहज तरिकाले भोट हाल्न यहाँ क्लिक गर्नुहोला । 

एनआरएन अमेरिकाकी उपाध्यक्ष बन्दना कोइरालाले संसारमा रहेका नेपाली एकजुट भइ भोट हाल्न पहल गर्ने धारणा राख्नुभयो । शेर्पा किदुगका महासचिव जाङ्बु शेर्पाले मीरालाई जिताउन आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाले नेपालबाट कम भोट आएकोमा आपत्ति जनाउँदै सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेवाः नखका प्रतिनिधि तथा एनआरएन–एनसिसी युएसएका सदस्य विष्णुमान प्रधानले मीरालाई जिताउन सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अर्गनाइजेसनका सदस्य सुखराज राईले मीरा राईलाई लाइभ मन्तव्य राख्ने प्रबन्ध मिलाउनुभएको थियो ।

यसैगरी युएसएनेपालअनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापाले भोट दिने तरिकाबारे प्रष्टाउनु भयो । अधिकारकर्मी विष्णुमाया परियार थापाले मीरालाई जिताउन आफुले सक्दो सहयोग गर्ने वचन दिनुभयो । एनआरएन एनसिसी युएसए न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पाले मीराको जितलाई सम्पूर्ण नेपालीको जित मान्नुपर्ने बताउनुभयो । किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सदस्य रामकुमार राईले नेपाल सरकारले पनि मीरालाई जिताउन पहल गर्नुपर्ने बताउनुहुदैं सम्पूर्ण नेपालीले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आदिबासी जनजाति महासंघ, अमेरिका, संघीय परिषदका अध्यक्ष विनोद पोमुले मीरालाई जिताउन दिनमा एक क्षण समय दिए पुग्ने बताउनुभयो । संघीय समाज अमेरिकाका अध्यक्ष समीर महर्जनले सबै देशमा भएका संघीय समाजका संगठनबाट सहयोग आउने आश्वासन दिलाउनुभयो । गुरुङ समाजका प्रतिनिधि सिद्धार्थ गुरुङले मीरालाई जिताउनु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

मुस्ताङ किदुगका कार्यकारी अध्यक्ष एवं जनजाति महासंघ, अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्टले मीरालाई जिताउन सम्पूर्ण नेपालीले पहल गर्नुपर्ने बताउनुभयो । नेपाल किरात राई खेलकुद संघका प्रतिनिधि पर्खिधन राईले मीराको जितका लागि नेपाल किरात खेलकुद संघका तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा किरात राई सोसाइटी अफ अमेरिकाकी सदस्य मनु लोहरुङ राईलाई किरात राईको संस्कृति संरक्षणमा प्रशंसनीय कार्य गर्दै आएकोले युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाकी केन्द्रीय उपसभापति मुना राईले फुलको गुच्छा दिएर सम्मान गर्नुभयो । अर्गनाइजेसन, न्युयोर्क च्याप्टरका सभापति केशवराम राईको संयोजनमा आयोजित कार्यक्रममा आरती राई र इन्दिरा राईले अतिथिहरुलाई ब्याज र खादा लगाई सहयोग गर्नुभयो ।

कार्यक्रम किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सदस्य प्रताप राईका पिताको निधन भएकोमा उनको सम्झनामा एक मिनेट मौनधारणपछि सुरु भएको थियो ।

मिरालाई सहज तरिकाले भोट हाल्न यहाँ क्लिक गर्नुहोला । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com