युएससीआईएसले नोटिस टु अपियरबारेको नयाँ नीति जारी राख्ने, नोभेम्बर १९ पछि यस्तो हुने


प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले नोटिस टु अपियरबारेको नयाँ नीति कार्यान्वयन जारी राख्ने भएको छ । नोभेम्बर १९ देखि लागु हुने गरी टी भिसा, यु भिसा, रिफ्युजी र एसाइलका आफन्तका लागि दिइएको आवेदन र ग्रिनकार्ड आवेदन अस्वीकृत भएको खण्डमा समेत देशनिकालाका लागि नोटिस टु अपियर जारी गरिने भएको छ ।

नोटिस टु अपियर देशनिकालाका लागि अदालतमा उपस्थीत गराउनका लागि जारी गरिने सुचना हो । कुनै पनि आवेदकको आवेदन अस्वीकृत भएमा वा अमेरिकामा बस्ने वैध अवधि सकिएपछि पनि अमेरिका नछाडेमा त्यस्ता व्यक्तिका लागि युएससीआईएसले नोटिस टु अपियर जारी गर्न सक्नेछ ।

युएससीआईएसले अक्टोबर १ देखि नै ग्रिनकार्ड आवेदन आई ४८५ र गैर आप्रवासी स्थीति थप वा परिवर्तनका लागि दिइने आई ५३९ अस्वीकृत भएको खण्डमा नोटिस टु अपियर जारी गर्न सुरु गरिसकेको छ । रोजगारमा आधारित आवेदनका सन्दर्भमा भने अहिलेका लागि नयाँ नीति लागु नहुने जनाइएको छ । रोजगारमा आधारित आवेदनका सन्दर्भमा पुरानै नीति जारी रहनेछ ।

नोटिस टु अपियर जारी गर्ने सन्र्दभमा युएससीआईएसले जालसाजी गर्नेहरु, आपराधिक पृष्ठभूमीहुनेहरु, राष्ट्रिय सुरक्षामा खतरा हुनेहरुलाई देशनिकालाका लागि प्राथमिकतामा राख्नेछ । यद्यपी नोटिस टु अपियर जारी गर्ने प्रकृयामा भने युएससीआईएसले कुनै परिवर्तन गरेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com