समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोषी – प्रज्ञा–सिस्नुपानी देउसी
प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार
दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिए।
देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।
सिस्नुपानी देउसीका अवसरमा उपप्रधानमन्त्री पोखरेलले देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानक चलाएको भन्दै यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक आन्दोलनका अभिन्न अङ्ग बनोस् भनी शुभकामना व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहादेखि बिजुलीको पाइपलाइनबाट भात पकाउनेसम्मका खेर जान लागेको वाचा, निर्मला पन्तका हत्यारा र बलात्कारी उम्किएको प्रसंग तथा ३३ किलो सुन तस्करीको अनुसन्धान ओझेलमा परेको घटनाहरु उठाए।
दुईतिहाई सरकारका मुखिया ओलीलाई अरुलाई भन्दा बढी माया गरी प्रस्तुत गरे कलाकारका वाक्यहरुले, उनका समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोष देखाएर।
प्रज्ञा प्रतिष्ठानस्थित खचाखच भरिएको हलमा कलाकारहरुले प्रधानमन्त्री ओलीविरुद्ध सम्भावित भावी षडयन्त्रकर्ताका रुपमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै होइनन् त्योभन्दा बढी आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्तुत गरे। अर्थात् प्रधानमन्त्री ओलीलाई आगामी खतराप्रति सचेत गराइएकाे थियाे ।
भिडियाे






