नेपाल प्रहरीको काम, जसको हजारौं नेपालीले प्रशंसा गरिरहेका छन्


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

पुलिस रिपोर्ट लिन पहिला निकै झन्झटिलो थियो । अझ विदेशमा भएका नेपालीलाई त टाउको दुखाईकै विषय थियो । तर, केही महिनायता प्रहरीको सेवा देखेर सर्वसाधरण छक्क परेका छन् । किनकी घरमै बसेर प्रहरी रिपोर्ट लिन सकिन्छ । इमेलमार्फत नै प्रहरी रिपोर्ट उपलब्ध हुन्छ ।

अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनकालागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन् । फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन् । इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षण लगायतका आवश्यक प्रक्रिया पुरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो । देशबाहिर धेरै टाढा भएर पनि आवदेन पठाएको भोलिपल्टै अञ्जुले रिपोर्ट पाउन सकिन् ।प्रहरी रिपोर्टकालागि उनले प्रहरी कार्यालय धाउनु परेन । लौ न गरिदिनुस् भनेर आफन्त गुहार्नु पनि परेन । काम सजिलै र छिट्टै भयो ।

विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी प्रधान कार्यालयमैपुगेर आवेदन दिनुपर्थ्यो । तोकिएको दिन पुन रिपोर्ट लिन पुग्नुपथ्र्याे । स्वदेशमै रहेका सेवाग्राहीलाई फर्म दर्ता गर्न पनि लामो लाइन बस्नु पर्थ्यो । रिपोर्ट लिन केही लामो समय पर्खनुपर्थ्यो । यो समस्या समाधान गरी काम सहज बनाउन प्रहरीले आवेदन संकलनका लागि९ केन्द्र थप गर्नुपर्योा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्र थप गर्न र सूचना प्रविधिको प्रयोगलाई अझै व्यापकता दिई तत्काल काम गर्न निर्देशन दिएपछि यस्ता समस्या समाधान भई नागरिकलाई छिटोछरितो सेवा प्रदान हुन सकेको हो । यसका लागि प्रहरी प्रधान कार्यालयबाटै तत्काल हेर्न सकिने प्रविधिको प्रयोगले सहयोग पुर्यासएको छ ।
अञ्जुजस्तै विदेशमा रहेर सूचना प्रविधिको प्रयोग गरी प्रहरी सेवा लिनेको संख्या अहिले ह्वा त्तै बढेको छ । गत ३ महिनाको अवधिमा विदेशमा रहेका ३ हजार ६ सय नेपालीले आवेदन दर्ता गरेका थिए । तीमध्ये ३ हजार ५ सय ५० लाई रिपोर्ट प्रदान गरिएको तथ्याङ्क छ ।

कूल दर्तामध्ये ७ सय ४९ जनाले इमेलमार्फत आवेदन दिएकोमा सबैजनालाई इमेलबाटै रिपोर्ट पठाइएको छ ।
उक्त अवधिमा प्रहरी रिपोर्टकालागि ६३ हजार ३० सेवाग्राहीले चालचलन शाखामा आवेदन दिएका थिए । तीमध्ये ६२ हजार ६ सय ८४ लाई प्रहरी रिपोर्ट प्रदान गरिएको छ । ६५ जनालाई मुद्दा जनाएर दिइएको छ भने अन्य प्रकृयामै छन् । वितरण गरिएकामध्ये १ सय ९७ रिपोर्ट विदेशी नागरिकका छन् । प्रदेश प्रहरी कार्यालयबाट २ हजार १ सय ४८ जनाले रिपोर्ट लिएका छन् । गत आर्थिक वर्षमा कूल २ लाख ७९ हजार, ३ सय ३ जनाले प्रहरी रिपोर्टकालागि फाराम दर्ता गरेका थिए । जसमा ४३ हजार ७ सय ६० महिला र २ लाख, ३५ हजार ५ सय ४३ पुरूष थिए । फाराम दर्ता भएकामध्ये २ लाख, ७७ हजार ४ सय ९५ लाई रिपोर्ट वितरण गरिएको थियो । यो संख्या आर्थिक वर्ष २०७३–०७४ भन्दा ६६ हजार ९ ले बढी हो । उक्त आर्थिक वर्षमा कूल २ लाख ११ हजार ४ सय ३३ प्रहरी रिपोर्ट वितरण गरिएको थियो ।

सेवाग्राहीको सजिलोका लागि काठमाडौं उपत्यकामा रानीपोखरी, महाराजगंज, गौशाला, कालीमाटी, ललितपुरको जावलाखेल, भक्तपुरमा आवेदन दर्ता र रिपोर्ट वितरण केन्द्र तोकिएको छ । उपत्यकाबाहिर ७ वटै प्रदेश प्रहरी कार्यालयमा यो सुविधा उपलव्ध छ । भीड हुने केन्द्रमा बिहान ८ बजे नै फारम लिने व्यवस्था मिलाइएको छ । सेवाग्राहीले उपत्यकामा आवेदन दिएको ३ दिनमा र प्रदेशमा ७ दिनमा प्रहरी रिपोर्ट प्राप्त गर्न सक्छन् । कुनै सेवाग्राहीले तत्काल अत्यावश्यक परेको निवेदन दिएमा आवश्यकता मनन् गरी तोकिएको मितिभन्दा अगावै पनि उपलव्ध गराउने गरिन्छ । यो सुविधा प्रहरी प्रधान कार्यालयमा मात्र उपलब्ध छ । यस्तो छिटोछरितो सुविधा प्रहरीको सकृयता र सूचना प्रविधिको प्रयोगले मात्र सम्भव भएको हो ।

सूचना प्रविधि आधुनिक जगतको टड्कारो आवश्यकता हो । यसको प्रयोगलाई अझै सशक्त बनाउन नेपाल प्रहरी प्रयासरत छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने नीति प्रहरीले अख्तियार गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तारसूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी  भन्छन्, ‘विदेशमा रहेका नेपालीहरूलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटो छरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै सम्बन्धीत इमेल ठेगानामा पठाउने व्यवस्था गरिएको छ । ठूलो संख्यामा विदेश जाने नेपालीहरूलाई विभिन्न केन्द्र र सातवटै प्रदेशबाट आवेदन लिने र प्रमाणपत्र दिने ब्यवस्था छ । यसलाई अझै छिटो छरितो र सहज हुने गरी उपलव्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रकृया अगाडि बढेको छ । यसका लागि केही समय लाग्छ ।’
नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । प्रहरीलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण, त्यसका लागि तालिम दिने लगायतका सूचना प्रविधि सम्बन्धी काम प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ ।

निर्मित सफ्टवयरमध्ये क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस),‘अटोमेटेड फिङ्गरप्रिन्ट आइडेन्टीफिकेशन सिष्टम (एएफआइएस)’ र ‘क्यारेक्टर भेरिफिकेसन इन्फरमेशन सिष्टम (सिभिआइएस)’सफ्टवेयरहरूप्रहरी रिपोर्ट सम्बन्धी कामका लागि प्रयोगमा छन् । सिआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिकअभिलेख राखिन्छ । जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ । एएफआइएस सफ्टवयरले विदेशी नागरिक नेपालमा रहँदाको आपराधिक अभिलेख औंठाछापबाट थप जाँच गर्न मद्दत गर्दछ । दुबै प्रकृयाबाट आवश्यक जाँचपछि फर्म्याट अनुसारको रिपोर्ट प्रिन्ट गर्ने काममा सिभिआइएस सफ्टवयरले सघाउँछ ।निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिलकुमार श्रेष्ठ  भन्छन्, ‘प्रहरी रिपोर्ट वितरणलाईव्यवस्थित र छिटोछरितो बनाउन यी सफ्टवयरहरूले सघाउ पुर्याहएका छन् ।

आगामी दिनमा प्रहरी संगठनको आवश्यकता अनुसार सफ्टरवेयर विकास गरिने छ । सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी र संगठनको हित अनुकूल बनाउन निर्देशनालय कटिवद्ध छ ।’
प्रहरी रिपोर्ट सम्बन्धी काम प्रहरी प्रधान कार्यालय, सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम)शाखाको सहयोगमा चालचलन शाखाले गर्दछ । चालचलन शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटी भन्छन् ‘सूचना प्रविधिको प्रयोगले काम गर्न अति छिटो र सजिलो भएको छ ।’
नेपाल प्रहरीले प्रहरी रिपोर्टसम्बन्धी काम पूर्णतः नि शुल्क बनाएको छ । आवेदन फर्म सम्बन्धित प्रहरी कार्यालयमै निस्शुल्क उपलव्ध हुन्छ । नेपाल प्रहरीको वेवसाइटबाट सेवाग्राही आफैले डाउनलोड गरेर पनि भर्न सक्छन् ।

नेपाल जस्तो देशमा यसरी पनि काम हुँदो रहेछ भन्ने थाहा धेरैले अनौठो मान्ने गर्दछन् । प्रहरीको यो कामको हजारौंले प्रशंसा गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com