अमेरिकी अध्यागमनमा कडाई गर्ने महान्याधिवक्ता नै ट्रम्पबाट बर्खास्त


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसनलाई बर्खास्त गरेका छन् । अमेरिकामा महान्यायाधिवक्ता पद न्यायमन्त्री सरह हो, उनी डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख हुन् । रसिया र ट्रम्पको चुनावी अभियानबीचको अनुसन्धानलाई नियन्त्रणमा लिन ट्रम्पले यो कदम चालेको बताइएको छ ।

ट्रम्पले सेसनलाई उनको सेवाका लागि ट्वीटरमार्फत धन्यवाद दिदै शुभकामना समेत दिएका छन् । सेसनका स्थानमा चिफ अफ स्टाफ म्याथु ह्वीटकरलाई अस्थायीरुपमा नियुक्त गरिएको छ, जसले रसियन अनुसन्धानको विरोध गर्दै आएका थिए ।

महान्यायाधिवक्ता जेफ सेसनले अमेरिकी अध्यागमनमा निकै कडाई गर्दै आएका थिए भने अध्यागमनमा कडाईका लागि विभिन्न आदेशहरुसमेत जारी गर्दै आएका थिए । नवनियुक्त म्याथु ह्वीटकर ट्रम्पप्रति निकै नै इमान्दार रहदै आएका छन् ।

जेफ सेसनले आफ्नो राजिनामा आफ्नो इच्छा अनुशार नभएको स्पष्ट पारेका छन् । राष्ट्रपतिकै अनुरोधमा आफूले राजिनामापत्र पेश गरेको सेसनले राजिनामापत्रमा नै उल्लेख गरेका छन् । आफ्नो कार्यकालमा कानुनको शासन स्थापना गरेको सेसनले दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१७ को मार्चदेखि सेसनले रसियन अनुसन्धानको पक्ष लिएपछि ट्रम्पलाई मन परेको थिएन । ट्रम्पको राष्ट्रपतीय अभियान र मस्कोबीचको सम्बन्धको अनुसन्धानकै सन्दर्भमा सेसन र ट्रम्पबीच मतभेद उत्पन्न हुँदै आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com