अमेरिकी सिनेटमा पुन: रिपब्लिकनको बहुमत


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अमेरिकी सिनेटमा पुन रिपब्लिकन पार्टीले बहुमत कायम गरेको छ । अहिलेसम्मको मतगणना अनुशार सिनेटमा रिपब्लिकन पार्टीले ५१ सिट कायम गरेको छ ।

१९ स्थानमा विजय हासिल गरेर डेमोक्रेटिक पार्टीले सिनेटमा ४२ सिट पुर्याएको छ भने ९ स्थानमा विजय हासिल गरेको रिपब्लिकन पार्टीले सिनेटमा ५१ सिट पुर्याएको छ । पहिले जितेका ३ स्थानमा रिपब्लिकनले चुनाव हारेका छन् भने पहिलो जितेका ३ स्थानमा डेमोक्र्याट्सले चुनाव हारेका छन् ।

अमेरिकी सिनेटमा रिपब्लिकनहरुले ५३ सिट र डेमोक्र्याट्सहरुले ४७ सिट ल्याउने अपेक्षा गरिएको छ । यसअगाडिको सिनेटमा डेमोक्र्याट्सको ४७ सिट, रिपब्लिकनको ५१ सिट र स्वतन्त्र २ सिट रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com