भर्मोन्टबाट बर्नी स्याण्डर्स सिनेटरमा विजयी
प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार
भर्मोन्टबाट बर्नी स्याण्डर्स सिनेटरमा विजयी भएका छन् । स्याण्डर्स स्वतन्त्र उम्मेदवारका रुपमा भर्मोन्टबाट तेश्रो कार्यकालका लागि सिनेटरमा विजयी भएका हुन् ।
अत्यन्तैै लोकप्रिय उम्मेदवारका रुपमा रहेका स्याण्डर्सले मंगलबारको चुनाव अगाडि चुनावी अभियानमा निकै कम समय विताएका थिए । सन् १९९० मा हाउसमा निर्वाचित भएपछि स्याण्डर्सले केही गम्भिर प्रतिपक्षहरुको सामना गर्नुपरेको थियो ।
सन् २००६ बाट स्याण्डर्स सिनेटमा उठ्न थालेका छन् । यसपटकको चुनावमा आफ्नो प्रचारप्रसारमा लाग्नुको साटो उनी डेमोक्रेटिक उम्मेदवारहरुलाई समर्थन गर्नका लागि देशब्यापी रुपमा भ्रमण गरेका थिए ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा स्याण्डर्सले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए । तर प्राइमरी चुनावमा उनले हिलारी क्लिन्टनसँग पराजयको सामना गर्नुपरेको थियो । त्यसैले उनी राष्ट्रपतिको मुख्य दौडमा भिड्न पाएनन् ।







