डिभी लोटरी भर्ने म्याद सकियो, १२ लाख भन्दा धेरै नेपाली सहभागी


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

आर्थिक बर्ष २०२० का लागि डिभी लोटरी भर्ने म्याद समाप्त भएको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम खुलेको थियो ।

२०२० का लागि खुलेको डिभी लोटरीको नतिजा आगामी मे ७ तारिखबाट आउन थाल्नेछ । तर सन् २०२० को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेशन नम्बर सुरक्षित राख्न आवेदकलाई अमेरिकी सरकारले ुसुझाव दिएको छ । डिभी लोटरी २०२० को नतिजा आगामी मे ७ पछि यो लिंकमा गएर हेर्न सकिन्छ ।

यो बर्ष झण्डै १२ लाख नेपालीहरुले डिभी लोटरी भरेको अनुमान गरिएको छ । आर्थिक बर्ष २०१८ मा ११ लाख ८७ हजार ३ सय ५० नेपाली डिभी कार्यक्रममा सहभागी भएका थिए । जसमा मुल आवेदक नेपालीहरुमात्र ७ लाख २८ हजार ७ सय १८ थिए भने बाँकी उनीहरुका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरु थिए ।

त्यस्तै आर्थिक बर्ष २०१७ मा ११ लाख ३६ हजार ६ सय २२ नेपाली डिभी कार्यक्रममा सहभागी भएका थिए । जसमध्ये मुख्य आवेदकहरु ६ लाख ९२ हजार १ सय ३७ जना रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१६ मा १० लाख ९० हजार ८ सय ८० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए, जसमध्ये मुल आवेदकहरु ६ लाख ६४ हजार ८ सय ५४ जना रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००७ देखि सन् २०१५ सम्म डिभी कार्यक्रममा सहभागी नेपालीहरुको संख्या तलको चार्टमा हेर्नुहोला ।

 

फोटो : अमेरिकी दूतावास काठमाडौंको फेसबुकबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com