अमेरिकी चुनावमा झण्डै ४० हजार नेपाली मतदानका लागि योग्य


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

अमेरिकाको मध्यावधी चुनावमा मतदान गर्न योग्य नेपाली मुलका अमेरिकी नागरिकहरुको संख्या झण्डै ४० हजार रहेको छ । अमेरिकामा जन्मेर हुर्केका र नेपालबाट अमेरिका पुगेर अमेरिकी नागरिकता लिएका नेपालीहरु अमेरिकी चुनावमा मतदानका लागि योग्यहरु हुन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ४० हजार पुगेको छ । सुरुदेखि सन् २०१७ सम्मको तथ्यांक हेर्दा ३४ हजार ९ सय १२ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ ।

कुन वर्ष कति नेपालीले लिए अमेरिकी नागरिकता ?

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका  थिए ।   सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए ।

सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले,  सन् २००१ मा २०५ जनाले,  सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले ,  सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।  त्यस्तै सन् २००५ मा ४१७ जनाले,  २००६ मा ५७५ जनाले,  सन् २००७ मा ६३८ जनाले,  सन् २००८ मा ९५३ जनाले,  सन् २००९ मा १६३२ जनाले,  सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले  अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या  २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकन नागरिकता लिने नेपाली ५००४ जना रहेका थिए ।  आर्थिक बर्ष २०१७ मा ४५०९ जना नेपालीले अमेरिकी नागरिकता लिए । आर्थिक बर्ष २०१८ मा पनि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५ हजार रहेको छ ।

पहिलो तस्वीरमा गत अमेरिकी राष्ट्रपतीय चुनावमा मतदानपछि न्युयोर्कमा चर्चित कानुन व्यवसायी खगेन्द्र जीसी र उहाँकी पत्नी रेखा हमाल । दोश्रो तस्वीरमा अमेरिकी राष्ट्रपतीय चुनावमा मतदानपछि न्युयोर्कका नेपाली उपेन भट्ट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com