काठमाडौंमा फेरि अर्को हत्याकाण्ड मच्चाउने योजना : सवै हत्याकाण्डमा मायाका हतियार प्रयोग


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

२०७२ मंसिर ३ मा गुन्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु हुनुअगाडिसम्म समिरमान सिंह बस्नेत काठमाडौंको बाफल क्षेत्रमा टोले गुन्डा थिए ।
घैंटेकै संरक्षकत्वमा गुन्डागर्दी फैलाएका बस्नेत घैंटेको इन्काउन्टरपछि आफ्नो पनि हत्या हुनसक्ने भन्दै भारत हिँडेका उनले त्यहिँबाट ३ मुख्य घटना घटाए ।
१. ४ पुस २०७३ मा रुपेन्देहीको देवदेहमा तत्कालीन नेकपा एमाले निटक युवा संघका जिल्ला अध्यक्षको गोली हानी हत्या गर्ने योजना समिरकै थियो ।

नेकपा एमालेकै युवा संगठनमा रहेका गुन्डा नाइके मनोज पुनको विश्वास जित्न उनले दूर्गा तिवारीको हत्या गर्ने योजना बनाएका थिए । मनोजसँग मिलेर ठूला व्यवसायीको हत्या गर्ने योजना बनाए ।

२. दूर्गाको हत्या भएको १८ दिनपछि २१ पुस २०७३ मा बुटवलमा काठ व्यवसायी वसन्त पौडेल (बलु)को हत्या भयो । बलु हत्याको मुख्य योजनाकार भने मनोज पुन थिए ।
३ दावालामा लाई मार्ने योजनाका साथ २९ चैत २०७३ मा उनीमाथि गोली प्रहार । गोली लागेर घाइते भएपनि दावा उक्त घटनामा बच्न सफल भए ।

४ . तत्कालीन उच्च प्रहरी अधिकारीसँग राम्रै सम्पर्क रहेका समिरकै योजनामा २३ असोज २०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुपेन्देहीका दूर्गा तिवारी, वसन्त पौडेल तथा शरद गौचतको हत्यामा प्रयोग भएका हतियारको व्यवस्थापन भने समिरकी पत्नी माया शेरचनले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दावा लामामाथि आक्रमण हुँदा प्रयोग भएको हतियार पनि मायाले नै

गौचन हत्याका अभियुक्त समिर काठमाडौं जिल्ला अदालतको आदेशमा मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार चलान भएका थिए । उनको अपराधिक गतिविधि जेलमा रहदा पनि रोकिएन । उनले विभिन्न व्यवसायीसँग पैसा उठाउनेदेखि आफ्ना समूहका व्यक्तिसँगको सम्पर्कलाई निरन्तरता दिए । जसमा उनको सहयोगीको भुमिकामा थिईन श्रीमती माया ।

नख्खु कारागारबाटै समिरले अपराधिक गतिविधि गर्न थालेपछि प्रहरीले उनलाई जिल्ला कारागार मुस्ताङमा सरुवा गर्न थाल्यो । कारागार व्यवस्थापन विभागको अनुमतिमा मुस्ताङ कारागार लैजाँदै गर्दा समिरकी पत्नी मायाले भने काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्ना श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाइन् ।
प्रहरीले भने दोस्रो हत्या योजनालाई कार्यान्वयनमा ल्याउन समिरले श्रीमतीलाई प्रयोग गरेको तथ्य फेला परेको बताएको छ ।

जसका आधारमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्याङबाट आईतबार पक्राउ गरेको हो।

श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन ।

तीन वटा गोली काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गौचनको हत्यामा संलग्न ‘मुख्य सुटर’सहित गत साता पक्राउ परेका ३ जनाले अदालतमा दिएको बयानमा आफूहरुले प्रयोग गरेका सबै हतियार समिरकी पत्नी मायाले व्यवस्थापन गरेको बताएका थिए ।

प्रहरीका अनुसार मायाले समिर संलग्न रहेका अपराधिक घटनामा हतियार व्यवस्थापन गर्नेदेखि अभियुक्तहरुलाई भगाउन भूमिका खेलेको देखिएको छ ।

‘रुपन्देहीको देवदहमा दूर्गा तिवारीदेखि निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा प्रयोग भएको हतियार मायाले नै व्यवस्थापन गरेको देखिएको छ,’ अपराध महाशाखा प्रमुख एसएसपी धिरज सिंहले भने, ‘अभियुक्तहरुलाई पैसा दिनेदेखि भगाउन सहयोग गर्नेमा पनि उनको संलगनता देखिन्छ ।’

एसएसपी सिंहका अनुसार समिरमान जेलमा रहेको बेलामा समेत मायाले विभिन्न अपराधिक कार्यमा संलग्न व्यक्तिसँगको सम्पर्कलाई नियमित गरेकी थिइन् । ‘जेलमा गएर समिरलाई भेट्ने र उनको कुरा उनका समूहका व्यक्तिसम्म पुर्याउने काममा पनि मायाको संलग्नता देखिन्छ,’ एसएसपी सिंह भन्छन् ।

प्रहरी अधिकारीका अनुसार मायाले समीरसँग जेलमै भेटेर काठमाडौंमा फेरि अर्को हत्याकाण्ड मच्चाउने योजना समेत बनाइरहेकी थिइन् । अघिल्लो साता पक्राउ परेका तीनजना र अन्य केही व्यक्तिलाई प्रयोग गरेर समिरको योजनाअनुसार मायाले अर्का व्यक्तिको गोली हानी हत्या गर्ने तयारी गरिरहेको प्रहरीले स्रोतले दावी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com