नेपालकी बन्दनाले भारतीय कलामण्डलम हेमलथाको विश्व कीर्तिमान तोड्न १२६ घण्टा नृत्य गर्ने !


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपाल लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा लाग्नुभएको छ ।

यसअघि लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय सङ्गीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम भएको थियो । आगामी मङ्सिर ७ गते बिहान ७ बजेदेखि बत्तीसपुतलीस्थित बिग फुडल्याण्डमा आफूले नृत्य शुरु गर्ने बन्दनाले बताउनुभयो । उहाँले नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा नृत्य प्रस्तुत गर्नुहुनेछ ।

युवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक गीत तथा लोकसङ्गीतप्रति उत्साह जगाउन आफ्नो नृत्य महत्वपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, “हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि कीर्तिमान नराखेकाले मेरो सांस्कृतिक नृत्य विश्वमै पहिलो कीर्तिमान हुनेछ । लोक नृत्यका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन आफूले साहस गरेको हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गीत, सङ्गीतमा सानैदेखि रुची राख्ने बन्दनाले आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरेर नृत्य सिकाइ राख्नुभएको छ । उहाँले २०७३ सालमा शिवकैलाश कला केन्द्रबाट एक र भारतको बैंगलोरबाट दुई महीनाको नृत्य प्रशिक्षण कक्षा लिनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com