यस कारण नहट्ने भए ओली सरकारका मन्त्री !


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद सदस्य हेरफेर गर्ने मनस्थितिबाट पछि हटेका छन् ।

तत्काल मन्त्री फेर्दा पार्टीभित्रको समीकरण परिवर्तन हुनुका साथै सरकार र पार्टी सञ्चालनमा जटिलता आउने देखिएपछि ओली मन्त्री हटाउने योजनाबाट तत्कालका लागि ब्याक भएका हुन् । दुई तिहाई बहुमतको शक्तिशाली सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकामा सत्तारुढ नेकपाका शीर्षस्थ नेता नै असन्तुष्ट छन् । तर, प्रधानमन्त्री ओली र उनको सचिवालय हाँक्नेहरुले सरकारको काम प्रभावकारी हुन नसक्नुको दोष मन्त्रीहरुलाई लगाउँदै आएका छन् । ओलीको किचेन क्याबिनेटले कार्यक्षमता नभएको भन्दै हटाइने केही मन्त्रीको सूचीसमेत तयार पारिसकेको समाचारहरु बारम्बार आएका थिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्रीलाई काम गर्न असहज भए मन्त्री फेर्न सकिने बताएका थिए । छठपछि करिब आधा दर्जन मन्त्री हटाउने तयारीमा रहेका प्रधानमन्त्री ओली एकाएक उक्त मनस्थितिबाट पछि हटेका छन् । नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री र पार्टी नेतृत्व मन्त्री हटाउन नहुने निस्कर्षमा पुगेको बताए । उनका अनुसार प्रधानमन्त्रीले सरकारको काम प्रभावकारी नहुनुमा मन्त्री नभई कर्मचारीतन्त्र दोषी रहेको निचोडमा प्रधानमन्त्री ओली पुगेका छन् । ओलीको हटाउने सूचीमा मन्त्रीहरु रामबहादुर थापा बादल मातृका यादव, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, लालबाबु पण्डित र थममाया थापाको नाम थियो ।

यसअघि ओलीमाथि मन्त्रीलाई भन्दा सचिवहरुलाई विश्वास गरेको आरोप लाग्दै आएको थियो । केही सचिवले आफ्नो प्रधानमन्त्रीसँग विशेष सम्बन्ध रहेको भन्दै मन्त्रीलाई अटेर गर्दै आएका छन् । सोही कारण पार्टी नेताहरुले मन्त्री फेर्नुभन्दा सचिवलाई च्याप्ने र मन्त्रीलाई विश्वास नगर्ने आफ्नो कार्यशैली फेर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com