भारतहुँदै अमेरिका जाने नेपालीले नो अब्जेक्सन लेटर बोक्नैपर्ने


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

भारतहुँदै नेपाली पासपोर्टमा अमेरिका यात्रा गर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अनिवार्य रुपमा नेपाल सरकारबाट जारी नो अब्जेक्सन लेटर बोक्नुपर्ने भएको छ । अन्यथा तपाईलाई जहाजमा चढ्न दिइने छैन ।

अबदेखि भारतहुँदै अमेरिका यात्रा गर्नेहरुलाई पनि नो अब्जेक्सन लेटर माग्न थालिएको छ । अमेरिकाबाट नेपाल आउने ठूलो संख्यामा नेपालीहरुले भारतीय विमानस्थल प्रयोग गर्दै आएका छन् ।

खासगरी अमेरिकामा शरणार्थीका रुपमा बसेका नेपालीहरुले नेपाल आउँदा भारतीय विमानस्थलको प्रयोग गर्दै आएका छन् । आफन्तहरुलाई भारतमा बोलाएर वा स्थलमार्ग हुँदै नेपालमा आएर उनीहरुले घरपरिवारलाई भेट्दै आएकोमा अब यसरी आउने नेपालीहरु अमेरिका फर्कदा नो अब्जेक्सन लेटर बनाउनुपर्ने भएको छ ।

सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रूपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागू भएको थियो । तर अहिले युरोप, अमेरिका, अस्ट्रेलिया जानेसँग पनि जहाजमा चढ्नका लागि एनओसी माग्न थालिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपालीलाई भिसा अनिवार्य गरेको छ । यसअघि चीनबाट भारत जाँदा मात्र नेपालीहरुलाई भिसा अनिवार्य थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com