Follow @khasokhasmag

वैदेशिक रोजगारीको पीडा: १० वर्षमा ६९२१ मृत्यु


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८ सय ९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २ सय ५२ भन्दा अंगभंग भएका छन् ।

मलेसिया र खाडी मुलकमा मात्रै ४ सय २७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो, त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिका अवधि सकिएकाहरुको लेखाजोखा नै नभएको खबर छ।

मुलुकभित्र रोजगारीका पर्यात अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६ सय ७२ पुरुष् र १ लाख ९७ हजार ८ सय ७ महिला वैदेशिक रोजारीमा गएको तथ्यांक छ। त्यस्तै १८ जना कोमामा रहेको तथ्यांकमा उल्लेख छ। कोमामा रहेका मध्ये ९ जना कतारमा छन् भने साउदी अरबमा ५ जना कोमामा रहेका छन् । त्यस्तै कुवेतमा २ जना युएईमा १ र बहराइनमा एक जना कोमामा रहेको आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com