अमेरिकी चुनाव : जित्नेले सिनेटमा झिनो बहुमत ल्याउने


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

मंगलबार हुने चुनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै नउठेपनि यो चुनावले उनको राष्ट्रपतीय स्वरुप भने निर्धारण गर्नेछ । सिनेट र प्रतिनिधिसभा नै रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी संसदमा यो चुनावले फेरबदल ल्याएमा त्यसको असर राष्ट्रपतीय स्वरुपमा पर्नेछ ।

दुबैसदनमा रिपब्लिकनको बहुमत हुँदाहुँदैपनि कुनै उल्लेख्य बिलहरु पारित हुन नसकेको सन्दर्भमा चुनावपछि रिपब्लिकनले बहुमत गुमाएमा राष्ट्रपतिले चाहेका कुनै पनि बिलहरु पारित हुन नसक्ने अवस्था समेत सृजना हुनसक्छ । यद्यपी ९ जना रिपब्लिकन सिनेटर र २४ जना डेमोक्रेटिक तथा २ जना स्वतन्त्र सिनेटरकोमात्र पदावधि सकिने भएकाले सिनेटमा यसपटकपनि डेमोक्रेटिक पार्टीलाई दवाव पर्न सक्छ ।

अहिलेको सिनेटमा ५१ जना रिपब्लिकन सिनेटरहरु रहेको अवस्थामा ४२ रिपब्लिकन सिनेटरहरुको कार्यकाल कायमै रहने भएकाले ९ जना सिनेटरलेमात्र जितेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम रहनेछ । तर २३ जना डेमोक्रेटिक सिनेटरकोमात्र कार्यकाल कायम हुने भएकाले सिनेटमा बहुमत ल्याउनका लागि कम्तीमा २८ जना डेमोक्रेटिक सिनेटरले जित्न आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुक राजनीतिक रिपोर्ट अनुशार १४ वटा सिटमात्र मात्र डेमोक्रेटिक पार्टीले जित्ने निश्चितप्राय रहेको छ भने ६ सिटमा जित्ने बढी सम्भावना रहेको छ । बाँकी ६ वटा सिनेटरको सिटमा भने उच्च प्रतिस्पर्धा हुनेछ । उच्च प्रतिस्पर्धा भएका स्थानमा डेमोक्रेटिक पार्टीले जित्न नसकेमा सिनेटमा उनीहरुको जम्मा ४३ सिट आउनेछ । उच्च प्रतिस्पर्धा हुने भनिएका सबै स्थानमा जिते पनि डेमोक्रेटिक पार्टीले सिनेटमा जम्मा ४९ सिटमात्र ल्याउने देखिन्छ । यसर्थ डेमोक्रेटिक पार्टीलाई यसपटकपनि सिनेटमा बहुमत ल्याउन सहज छैन ।

सिनटेमा रिपब्लिकनहरुले ४ वटा सिट जित्ने पक्का जस्तै रहेको छ भने अरु १ वटामा उच्च सम्भावना रहेको छ । बाँकी ४ वटामा उच्च प्रतिस्पर्धा हुने भएकाले ती सिटहरु रिपब्लिकनले गुमाएमा सिनेटमा ४७ सिटमात्र जितेर बहुमत गुमाउनेछ । बहुमत ल्याउनका लागि रिपब्लिकनहरुले अनिश्चत भएका ४ वटा सबै सिटहरु जित्न आवश्यक छ ।

तर सिनेटमा जस्ले बहुमत ल्याएपनि अत्यन्तै झिनो बहुमतमात्र ल्याउने सम्भावना रहेको छ । सिनेटमा फिलिबस्टरका लागि कम्तिमा ६० मतको आवश्यकता पर्छ तर ६० पदमा जित्ने सम्भावना भने कुनै पनि पार्टीको देखिन्न । यद्यपी यसपटकको चुनावमा रिपब्लिकनले सिनेटमा केहीसिटहरु गुमाउने सम्भावना रहेको विश्लेषकहरुको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com