अष्ट्रेलियामा नर्सहरुको लागि नयाँ नियम आउने !


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

अष्ट्रेलियामा आफ्नो करियर अगाडी बढाउन चाहने अन्तर्राष्ट्रिय योग्यता प्राप्त र मिडवाइफ़्रि नर्सहरुको लागि नयाँ नियम आउने भएको छ । नर्सहरुले रजिस्ट्रेसन गर्दा हाल ८ वटा मापदण्ड भएकोमा अब ३ वटामा झारिने बताइएको छ । ती मापदण्ड भने अहिले सार्वजनिक भएका छैनन् ।

२०१९ देखि लागु हुने भनिएको सो परिवर्तन अनुसार, रजिस्ट्रेसनको लागि एप्लाई गरेका नर्सहरुले ओरेन्टेसन कक्षा लिनुपर्नेछ । सो ओरेन्टेसन कक्षा तीन भागको हुनेछ । पहिलो भागमा अष्ट्रेलियाको स्वास्थ्य सम्बन्धि नियम, तरिका, स्वास्थ्यस्थिति आदि विषय हुनेछन् । दोस्रो भागमा अष्ट्रेलियाको संस्कृति, समाज सम्बन्धि विषय हुनेछन् र तेस्रोमा कामदारदाताले दिने काम सम्बन्धि ओरेन्टेसन हुनेछ ।

यी नियम आएको केही समय पछि ब्रिजिंग कोर्स हुनेछैन । त्यसको ठाउँमा ‘Outcome – Based – Assesment ( OBA )’ हुनेछ । यसमा तोकिएको सबै मापदण्ड पूरा नभएका अन्तर्राष्ट्रिय योग्यता प्राप्त र मिडवाइफ़्रि नर्सहरुले अवसर पाउनेछन् । ओबिएमा cognitive र behavioural गरि दुई परिक्षा हुनेछन् । Cognitive मा computer-based multiple choice questionnaire हुनेछ र behavioural मा objective structured clinical examination हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com