सिएनएन सुपरहिरोमा पुष्पा बस्नेत मनोनित, भोट हाल्ने आज र भोलि


प्रकाशित मिति : मंसिर २६, २०७३ आईतबार

सन् २०१२ मा सिएनएन हिरो बन्न सफल नेपाली चेली पुष्पा बस्नेत सिएनएन सुपरहिरोका लागि मनोनित भएकी छिन् । सिएनएन हिरो कार्यक्रमको १० बर्षको अवशरमा सिएनएनले विगतमा हिरो छानिएका पाँचजनाबाट सुपरहिरोसमेत छान्न लागेको हो ।

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी हुन् ।

कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गर्ने बस्नेतको केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि सन् २००८ की सिएनएन हिरो लिज म्याककार्ने, सन् २००९ का सिएनएन हिरो एफ्रेन पेनाफ्लोरिडा, सन् २०११ की सिएनएन हिरो रोविन लिम र सन् २०१३ का सिएनएन हिरो चाड प्रेग्य्राक समेत मनोनयन भएका छन् ।

फेसबुक आईडी वा इमेलमार्फत भोट हाल्न यहाँ क्लिक गर्नुहोला । 

सिएनएन हिरो बनाउनका लागि अमेरिकाको न्युयोर्क समय अनुशार आइतबार डिसेम्बर ११ बेलुका साढे ९ बजेसम्म अर्थात् नेपाली समय अनुशार सोमबार विहान सबा ८ बजेसम्म भोट हाल्न सकिन्छ । मतदानको क्रम शुक्रबार डिसेम्बर ९ मा न्युयोर्क समय अनुशार राती १० बजे सुरु भएको हो ।

भोट विभिन्न तरिकाबाट हाल्न सकिन्छ । सीएनएनको वेवसाइटमा गएर सिधा इमेल वा फेसमार्फत लगइन गरेर भोट हाल्न सकिन्छ भने सिएनएन हिरोको पेजको मेसेन्जरमा क्लिक गरेर पनि आफूले चाहेको व्यक्तिलाई भोट हाल्न सकिन्छ । त्यस्तै ट्वीटरमा गएर पनि इन्सर्ट नेम लेखेको स्थानमा आफूले चाहेको व्यक्तिको नाम उल्लेख गरेर पनि भोट हाल्न सकिन्छ । नाम उल्लेख गरेपछि त्यसलाई ट्वीट गर्न भने विर्सनुहुँदैन ।

सुपरहिरोको घोषणा न्युयोर्क समय अनुशार आइतबार राती गरिनेछ ।

ट्वीटरमार्फत भोट हाल्न यहाँ क्लिक गर्नुहोला । ट्वीटरमा आफूले भोट हाल्ने मनोनित सिएनएन सुपरहिरोको नाम टाइप गरेर ट्वीट गर्न नबिर्सनुहोला । 

फेसबुक मेसेन्जरमार्फत भोट हाल्न यहाँ क्लिक गर्नुहोला । अनि मेसेन्जरमा भोट टाइप गरेर आफूले चाहेको व्यक्तिलाई भोट हाल्न सक्नुहुनेछ । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com