एसाइलमबारे नयाँ नियम ल्याउँदै ट्रम्प, गैरकानुनी सिमापार गर्नेलाई शरण नदिइने


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एसाइलमको ब्यापक दुरुपयोग भइरहेको दावी गर्दै त्यस्तो दुरुपयोग रोक्न आगामी केही दिनमा नयाँ नियम जारी गर्ने घोषणा गरेका छन् । आगामी साता त्यस्तो आदेशमा हस्ताक्षर गर्ने ट्रम्पले घोषणा गरेका हुन् ।

नयाँ आदेश अनुशार अमेरिकाको पोर्ट अफ इन्ट्रीमा आएर कानुनीरुपमा आफूलाई पेश गर्नेलेमात्र एसाइलमको अधिकार पाउने जनाइएको छ । ट्रम्पले अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुलाई अमेरिकामा एसाइलम गर्न नदिइने नियम ल्याउन लागेको जनाइएको छ ।

गैरकानुनी रुपमा सिमा पार गर्नेहरुलाई एसाइलम गर्ने अधिकार नदिइकनै अमेरिकाबाट देशनिकाला गर्ने नियम बनाउनेगरी आफ्नो प्रशासनले योजनालाई अन्तिम रुप दिइरहेको ट्रम्पले बताएका छन् । तर कानुन विदहरुले ट्रम्पको यस्तो कदम गैरकानुनी हुने दावी गरेका छन् ।

अमेरिका र अन्तर्राष्ट्रिय कानुनले शरण लिनका लागि पोर्ट अफ इन्ट्रीमा जानुपर्ने बाध्यकारी व्यवस्था नगरेको भन्दै ट्रम्पले त्यस्तो नियम ल्याएमा त्यो गैरकानुनी हुने कानुनविदहरुको भनाई छ । अमेरिकाले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी अनुशार पनि अमेरिकाले आफ्नो देशमा बस्न डर भएर अमेरिकामा एसाइलम गर्नेहरुलाई त्यस्तो गर्नबाट रोक्न नसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको नयाँ नियम लागु गर्नका लागि अमेरिकाले विगतमा हस्ताक्षर गरेको सन्धीबाट पछि हट्नुपर्ने कानुनविदहरुको भनाई छ । यदि ट्रम्पले त्यस्तो नियमको घोषणा गरेमा आफूहरुले अदालतमा गएर त्यसको प्रतिवाद गर्ने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com