सन्दीप लामिछानेलाई कारबाही,मैदानमै नाराबाजी


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन्। पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै कारबाही गरेको हो।

कारबाही स्वरूप सन्दीपको एक अंक घटाइएको आयोजकले जनाएको छ।

पीपीएल क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार चितवन राइनोजविरुद्ध सन्दीपले रेफ्रिको निर्णयमा प्रश्न उठाएका थिए। उनले मैदानमा पटक पटक रेफ्री विनय झा र सञ्जय गुरूङसँग आपत्ति जनाएको भन्दै उनी कारबाहीमा परेका हुन्।

खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुर्व्यबहारजनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपलाई घमण्डी भनेर नारा लगाएका थिए।

चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूहचरणबाट बाहिरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com