नेजाको अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रिया


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

न्यूयोर्क ।  नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दैं अमेरिकी जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका छन् ।
अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभएपनि पछिल्ला केही वर्षयता धेरैं क्षेत्रमा नेपालीले महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको भन्दैं अमेरिकाका जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका हुन् ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले शुक्रबार न्यूयोर्कमा आयोजना गरेको अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती बिषयक अन्तरक्रियामा सहभागी अमेरिकी सरकारका विभिन्न अंगका जनप्रतिनिधिहरुले आप्रवासीहरुका लागि अवसरको देश अमेरिकामा नेपाली समुदायले समेत त्यसवाट लाभ लिन सक्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दैं  न्यूयोर्क सिटि काउन्सिलका सदस्य रोरी ल्यान्सम्यानले अन्य आप्रवासीहरुको तुलनामा नेपाली समुदायले छोटो समयमै लोभलाग्दो प्रगति गरेको भन्दैं प्रशंसा गरे  । उनले नेपाली समुदायले सदैंव इमान्दारिता र लगनशिलताको परिचय बनाएको बताउँदैं त्यसलाई जोगाएर भविष्यमा धेरैं उपलब्धी हासिल गर्न सक्ने दिशामा नेपाली समुदाय अगाडि बढ्नेमा आफु विश्वस्त रहेको जनाए ।
अर्का काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेसले अमेरिका सबैको निम्ति अवसरको भूमि भएको बताउँदै एक आप्रवासिको रुपमा आफ्ना पुर्खाहरुले गरेको संघर्ष सुनाउँदैं समय लागेपनि अमेरिकामा सबैंले अवसरको उपयोग गर्न सक्ने बताए ।  उनले नेपाली र समग्र दक्षिण एसियाली समुदायले भाषिक र सांस्कृतिक चुनौतीहरुका बावजुत प्रशस्त सफलताका कथाहरु कोर्न सफल भएको बताए । यहाँ अवसरहरु यत्रतत्र छन्, तर हामीले चुनौतीलाइ मात्र देख्ने हो भने केही गर्न सक्दैनौ । ”उनले भने ।  कोष्टाले आफ्नो चुनावी क्षेत्र, डिष्ट्रिक २२, मा १ सय १९ भाषा भाषी बोल्नेहरु रहेको जानकारी दिदैं भने –यो अमेरिकामै सबैभन्दा धेरैं विविधता युक्त डिष्ट्रिक हो ।”
कोष्टाले नेपाली सामुदायीक भवन निर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता  जनाए । 
ज्याक्सन हाइट्सको बेम्बो हाउस एण्ड बारको सभाहलमा सम्पन्न कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले नेपाली समुदायले अमेरिकन मुलधारमा आफ्नो पहिचान स्थापित गर्न संघर्ष गरिरहेको  उल्लेख गर्दै फरक भाषा र संस्कृतिको कारण धेरै चुनौति व्यहोर्नु परेको बताए  ।
उनले स्थानिय प्रशासन र सामाजिक संयन्त्रहरुमा पहुँच कमजोर हुँदा धेरै अवसरहरुबाट बन्चित हुनु परेको  बताए  । क्विन्स कम्युनिटी बोर्ड सदस्य तथा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीले स्थानीय राजनीतिक गतिविधि र सामाजीक कार्यक्रमहरुमा सक्रिय सहभागी नभएसम्म समुदायका सरोकारहरु सम्बन्धित निकायमा पुग्नै नसक्ने बताए ।
उनले  राजनीतिक सहभागीतामा विशेष जोड दिदैं यसले हाम्रो समस्या र सरोकार बारे यहाको अमेरिकी समुदायले समेत जान्ने मौका पाउने जनाए ।
अर्का कम्युनीटि बोर्ड सदस्य नवराज केसीले सामुदायीक एकता नै अवसरको पहिलो शर्त भएको बताए । कार्यक्रममा अर्का सहभागी, बंगाली समुदायका अगुवा जोय चौधरीले ट्याक्सी चालकदेखी अमेरिकन आर्मी भेट्रान्ससम्मको आफ्नो कथा सुनाएका थिए । नेपाल विद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले नेपाली विद्यार्थीहरुले भोग्नु परेका विबिध समस्याहरुका बारे प्रकाश पारेका थिए । सो अवसरमा गैर आवासीय नेपाली संघ ( एनआरएनए ) न्यूयोर्क च्याप्टर सभापति रामहरि अधिकारीले नेपाली मौलिक पहिचान स्थापित गर्न एनआएनएले गरेका विबिध प्रयासका बारेमा जानकारी दिएका थिए । नेजाका महासचिव किरण मरहठ्ठाले सहजीकरण  गरेको कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाहरुको सिटि काउन्सिल सदस्य रोरी र कोष्टाले सहभागीहरुले जवाफ  दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com