अमेरिकामा यो बर्ष ३० हजारलाईमात्र शरण दिइने, अर्को बर्ष १५ हजार


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

अमेरिकी सरकारले बिहिबार फेडेरल रजिष्टरमा सुचना प्रकाशित गर्दै आर्थिक बर्ष २०१९ मा विश्वभरबाट जम्मा ३० हजार शरणार्थीहरु स्वीकार गर्ने सिमाबन्दी तोकेको छ । जस अन्तरगत अफ्रिकाबाट ११ हजार, पूर्वी एसियाबाट ४ हजार, युरोप र मध्य एसियाबाट ३ हजार, ल्याटिन अमेरिका र क्यारेबियनबाट ३ हजार, पूर्व नजिक र दक्षिण एसियाबाट ९ हजार शरणार्थीहरु अमेरिकामा स्वीकार गरिनेछ ।

आगामी बर्ष यो संख्यामा अझ कटौती गरेर १५ हजारमा झारिने भएको छ । गत आर्थिक बर्षमा ट्रम्प प्रशासनले ४५ हजार शरणार्थीहरु स्वीकार्नेगरी सिमाबन्दी तय गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा अमेरिकाका १ लाख १० हजार शरणार्थीहरुलाई स्वागत गर्ने तयारी गरिएको थियो । तर ट्रम्पले त्यो संख्या तोकिएको भन्दा पनि घटाएर ४५ हजारमा झारिएका थिए ।

चालु आर्थिक बर्षका लागि तोकिएको संख्या अमेरिकामा शरणार्थी कानुन बनेको ४० बर्षयताकै सबैभन्दा कम हो । यो संख्यामा अमेरिकामा विभिन्न माध्यमबाट आएर एसाइलम गर्नेहरुको संख्या भने समावेश छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अदालतमा झण्डै ८ लाख एसाइलमका मुद्दाहरु रहेका छन् जसमध्ये चालु आर्थिक बर्ष २ लाख ८० हजार भन्दा धेरै मुद्दाको टुंगो लगाउने योजना बनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com