विश्वकप सुरक्षाको लागि कतारले माग्यो नेपाल प्रहरीको साथ


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

चार वर्षपछि हुने विश्वकप फुटबलको सुरक्षाका लागि कतार प्रहरीले नेपाल प्रहरीको साथ मागेको छ।

कतार भ्रमणका क्रममा कतार सरकारका पब्लिक सेक्युरिटी निर्देशक साद विन जससिम खुलाइफिले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग विश्वकप फुटवलमा सुरक्षाका लागि नेपाल प्रहरीको साथ माग गरेका हुन्।

‘विश्वकप सुरक्षामा सघाउन कतारले नेपाल प्रहरीमाथि उच्च विश्वास राख्दै प्राथमिकतामा राखेको रहेछ,’ स्वदेश फर्किएपछि सेतोपाटीसँग कुरा गर्दै खनालले भने ।

कतार प्रहरीसँग सुरक्षा समन्वय सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको उनले बताए। ‘सम्झौता पत्रमा दुई देशका सुरक्षा अधिकारीबीच सुरक्षा आदान प्रदान गर्ने सहमति भएको छ,’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वकप सुरक्षाका लागि प्रहरी त्यहाँ पठाउनुको साथै नेपालका सुरक्षाविज्ञहरुलाई पनि कतार सरकारले विश्वकपका लागि बोलाउने तयारी छ रहेको खनालले बताए।

यसका साथै अपराध रोकथाम, मानव तस्करी, लागुऔषध नियन्त्रण, साइबर सेक्युरिटीमा पनि मिलेर काम गर्ने दुई देशका सुरक्षा प्रमुखबीच सहमति भएको खनालले बताए। नेपाल प्रहरी र कतार प्रहरीबीच तालिमहरुसमेत आदान–प्रदान गर्ने समझदारी भएको छ।

यसअघि भारतमा भएको आइपिएलमा सुरक्षाका लागि भारतले नेपालबाट केही सुरक्षाविज्ञ लगेको थियो। नेपाली सेनामा रहेर जागिर छाडेका ललितपुरकै सन्जु कार्कीसहित सात जनालाई भारतले बोलाएको थियो। उनीहरुलाई आइपिल हुने मैदानको सुरक्षा गन कमाण्डर नै तोकिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com