सडकका खाल्डाखुल्डी टाल्न अर्को निर्देशन


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

काठमाण्डू उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न विभिन्न निकायबीचमा अझै समन्वय अभाव देखिएको भन्दै त्यो अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई शुक्रवार अर्को निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका अधिकारीहरूले बताएका छन्।

चार महिनाअगाडि दिइएको निर्देशनको समीक्षाका लागि सम्बन्धित मन्त्रालय र निकायसँगको छलफलपछि प्रधानमन्त्री कार्यालयले पुन: नयाँ निर्देशन दिएको हो।

खानेपानी पाइपलाइनबाट भइरहेको पानीको चुहावट अन्त्य भएको केही दिनै राजधानीका सडकका खाल्डाखुल्डी पुर्न सकिने सडक विभागको भनाइ छ।

यसअघिको सरकारले समेत समय सीमा तोकेरै राजधानीका प्रमुख सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकार फेरियो, सडकमा खाल्डाखुल्डी पर्ने र तीनलाई पुर्ने क्रम पनि चलिरह्यो।

तर पनि काठमाण्डू उपत्यकामा सडकको दुरावस्था कहिल्यै अन्त्य नहुने टालटुले काम हुने गरेको भन्दै आलोचना भएपछि वर्तमान सरकारले गत चैतमा १५ बुँदे निर्देशन नै दिएको थियो।

समन्वयको अभाव
त्यसबारे शुक्रवार समीक्षाका लागि बोलाइएको बैठकमा अझै पनि तीन तहका सरकार, विभिन्न मन्त्रालय र निकायबीच समन्वयको अभाव देखिएको बैठकको संयोजन गरेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए।

उनले भने, “उहाँहरूले जुन हिसाबले समन्वय गरेर काम गर्नुपर्ने थियो त्यो अझै पनि हुन नसकेको देखियो। जसका कारण एउटाले बनाउने अर्कोले भत्काउने अनि काममा तालमेल नमिल्ने फलानोले नगरेका कारण काम गर्न सकिएन भन्ने ठाँउ रहने स्थिति रहिरहने भयो यो अन्त गर्नुपर्छ भनेर निर्देशन दिएका छौं।”

उनका अनुसार अब प्रभावकारी कामको निम्ति सबै मन्त्रालयका प्रतिनिधि रहने गरी एउटा समिति पनि बनाइने छ।

एउटाले बनाउने अर्कोले भत्काउने अनी काममा तालमेल नमिल्ने फलानोले नगरेका कारण काम गर्न सकिएन भन्ने ठाँउ रहने स्थिति रहिरहने भयो यो अन्त गर्नु पर्छ भनेर भनेर निर्देशन दिएका छौं।
विष्णु रिमाल, प्रधानमन्त्रीका सल्लाहकार
खाल्डाखुल्डी पुर्न बजेटको अभाव हुन नदिने व्यवस्था समेत सुनिश्चित गरिएको मुख्य सल्लाहकार रिमालले बताए।

उनले भने, “यदि कुनै ठाँउमा बजेट नराखिएको छ भने रकमान्तरका लागि अर्थमन्त्रालयमा तर्कसहित पठाउनुहोस्, खाल्डा पुर्न पैसा खर्च गर्दा कोही रिसाउने अवस्था छैन सबैले साथ दिन्छन् भनेर भनिएको छ त्यो हिसाबले अब काम होला।”

विगतको तुलनामा विभिन्न निकायकाबीच समन्वयको काममा केही सुधार भए पनि पानीका पाइपहरू फुटेका कारण समस्या भइरहेको सडक विभागको भनाइ छ।

उक्त बैठकमा सहभागी सडक विभागका महानिर्देशक रवीन्द्रमान श्रेष्ठले भने, “सडकका खाल्डाखुल्डी सबै पाइप फुटेर आएको पानीले भएको हो। त्यो टाल्नासाथ ३/४ दिनमा हामी सबै खाल्डाखुल्डी टाल्दिन्छौं। उपत्यकाका खानेपानी र मेलम्ची आयोजनासँग समन्वय भइरहेको छ उहाँहरूले लिक टाल्ने र हामीले पीच टाल्ने भएका छौं त्यही अनुसार हामी काम गर्दैछौं।”

सडकका खाल्डाखुल्डी पुर्न विभिन्न सडक अनुसार फरक फरक समय सीमा तोकेर निर्देशन दिइएको बताइएको छ।

बिमस्टेक सम्मेलनका बेला केही गति पाएको जस्तो देखिएको खाल्डाखुल्डी पुर्न निर्देशन प्रधानमन्त्री र मन्त्रीसहित विभिन्न तहबाट पटकपटक जारी भएका थिए।

त्यसैले पछिल्लो निर्देशनले कामको गति बढाउला भन्नेका अविश्वास गर्नेहरू पनि छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com