पीआर भिसा सजिलो रहेका अष्ट्रेलियाका तीन शहर


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

अष्ट्रेलियाले गत वर्ष देखी स्थायी बसोबास (पीआर)को व्यवस्थामा केही कडा नीति लिएपछी स्थायी रूपमा अष्ट्रेलिया बसेर करिअर र जिन्दगी बनाउने सपना साँचेका विद्यार्थीहरू दबाब र तनाबमा छन्। अष्ट्रेलियाई सरकारले गरेको आप्रवासन (माईग्रेसन) मामलामा गरेको कडाई र सिड्नी, मेलबर्न जस्ता मुख्य शहर ताक्नेबीचको कडा प्रतिस्पर्धाका कारण मध्यम स्तरका विद्यार्थीका लागि अष्ट्रेलियाको पीआर अग्लो डाँडाले छेकिएको गन्तव्य जस्तो बन्न पुगेको छ। बढ्दो ‘माईग्रेसन प्वाईन्ट‘का कारण उमेर उकालो लागेकाहरूलाई झन अंग्रेजी र नेपाली भाषामा समेत दक्षता साबित गर्नुपर्ने काम थपिएको छ भने सम्बन्धित पेशामा काम गरेको अनुभव समेत सिड्नी, मेलबर्नमा बस्नको लागी आवश्यकता बन्न पुगेको छ। तर अष्ट्रेलियाकै तासमानिया,क्यानबेरा र डार्बिन जस्ता शहरहरुमा अझैसम्म पीआर भिजालाई सरल नै छ । त्यसैले अष्ट्रेलियाको पीआर भिजा लिन चाहने अप्रवासीहरु यी शहरहरुमा बसाइ सर्ने क्रम बढेको छ ।

तासमानिया

तासमानिया, अष्ट्रेलियाको टापु राज्य हो। हुन त अष्ट्रेलिया आफैमा विशाल टापु हो जसलाई हामीले एक देश एक महादेश भनेर पढ्दै आएका छौं। तासमानियाले ६ महिना देखी आफ्नै क्षेत्रमा पूर्णकालिन काम गरेर बसेको व्यक्तिलाई भिसा १९० अर्थात् पीआरका लागी मनोनित गर्छ भने २ वर्ष तासमानियामा पढेका विद्यार्थीले पनि १९० पाउने संभावना हुन्छ। एक वर्ष तासमानियामा बसेर पढेकाले ४८९ भिजा अर्थात् सर्तहरू पालना गरेपछि २ वर्ष पछि पीआर पाउने भिसाका लागी मनोनित गर्छ। तासमानियामा विद्यार्थीहरू जान थालेपछि नयाँ कलेजहरू पनि खुलेका हुनाले यहाँको फी पनि सस्तो हुन थालेको छ। यहाँको समस्या बनेको काम नपाउनु रहेको विद्यार्थीहरू बताउँछन्। अष्ट्रेलियाको सार्वजनिक संचारमाध्यम एसबीएसले तासमानिया गएका धेरै भारतीय विद्यार्थीहरू काम तथा खाना नपाएर समस्यामा परेका साथै केही समाजसेवीले निशुल्क खानाको व्यवस्था गरेको समाचार प्रकाशन गरेको थियो।

क्यानबेरा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियाको राजधानी शहर भएपनि क्यानबेरा अरू शहरभन्दा शान्त देखिन्छ। हालै रेल तथा अन्य भौतिक पूर्वाधारहरूको विकास हुन थालेको यो शहरमा भित्रने विदेशी विद्यार्थीहरू केही महिना अघि राज्यले गरेको माईग्रेसन योजना र रणनीतिको परिवर्तन पछि अर्को राज्यमा सर्नेक्रम तिब्र बनेको छ। क्यानबेरामा नै एक वर्ष विताएकाहरूको पनि पीआरको संभावना अझै बादलमा नै रहेको आशंका छ। यहाँ काम पाउने संभावना ठिकै भएपनि धेरै विद्यार्थीको संख्या बढ्दा ‘क्लिनिङ‘को कामका लागी पनि पीटीईमा सबै ‘ब्याण्ड‘मा सात ल्याएको हुनपर्ने सर्तहरू रोजगारदाताले राखेको विद्यार्थीहरूको भनाई छ। क्यानबेराको पीआर संभावना बारे यहाँबाट थप स्पष्ट हुनुहोस्।

डार्बिन

अष्ट्रेलियाको तातो मौसम भएको राज्यको प्रमुख शहर डार्बिनमा पीआरको आशामा भित्रने विद्यार्थीहरूको संख्याले बजार र व्यवसाय झन तातो बनेको छ। करिब करिब अन्य राज्य जस्तै सर्त र प्रावधान भएको डार्बिनमा काम पाउने संभावना भने तुलनात्मक रूपमा धेरै रहेको विद्यार्थीहरू बताउँछन्। नेपालीहरू नै मुख्य विद्यार्थी रहेको डार्बिनमा यातायात, घरभाडा साथै रासनपानीको मुल्य केही सस्तो रहेको छ। मुख्य गरेर रोजगारीको संभावना धेरै भएको कारण धेरै विद्यार्थीहरू डार्बिन रोजिरहेका छन्। नर्दन टेरिटरीले अन्य राज्यबाट त्यहाँ सर्नेहरूको लागी आर्थिक सहायताको समेत पहल लिएपछी धेरै विद्यार्थीमा डार्बिनमा धेरै संभावना रहेको विश्वास पलाएको देखिन्छ। विशेष गरेर विद्यार्थीका रूपमा भन्दा पनि पीआर पाईसकेपछी बस्न, छोराछोरी हुर्काउन, पढाउन र घरबार जोड्न सजिलो र सहुलियत हुने भएकाले विद्यार्थीका लागी डार्बिन पनि राम्रो गन्तव्य बन्ने देखिन्छ। डार्बिनको पीआर संभावना बारे यहाँबाट थप स्पष्ट हुनुहोस्।

अष्ट्रेलिया आएर दुई चार वर्ष संघर्षपूर्ण जीवन काटेर पीआरका लागी योग्य हुँदै गर्दा थपिएको अर्को झण्झटले विद्यार्थीलाई विचलित हुने अवस्थामा पुरयाउने भएकाले समुदाय र यस क्षेत्रलाई व्यवसाय बनाएकाहरूले यसमा विशेष ध्यान दिनु आवश्यक छ। त्यसो त विद्यार्थीहरूले पीआरका लागि आफूबसेको शहर र राज्य छोड्नु अघि नै खर्च, बसोबास, रोजगारी लगायतका विषयमा अध्ययन गरेर मात्र कदम चाल्नु बुध्दिमानी हुने देखिन्छ। किनभने सबै कुराको निश्चित एउटा मात्र समाधान हुँदैन विकल्पहरूका बारेमा अध्ययन नगर्दा आफ्नो भागमा नपर्ने दुख पनि बेसाउनुपर्ने हुनसक्छ।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com