Follow @khasokhasmag

नेपाल आइडल : आजको एपिसोडमा हुँदैछ यी ९ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ अन्तर्गत आज पनि इलिमिनेसन राउण्ड जारी रहनेछ ।

आजको एपिसोडमा संगीतकार शम्भुजित बास्कोटा सेलिब्रेटी गेष्टको रुपमा उपस्थित हुनेछन् ।

विभिन्न चरणबाट छानिएर आएका ९ प्रतियोगीले आजको एपिसोडमा आफ्नो प्रस्तुति दिनेछन् ।

अमित बराल, अष्मिता अधिकारी, क्रिषल कडेल, बिक्रम बराल, पवन गिरी, निलिमा थापा मगर, रवी अवद, सुविन सिंह र सुमित पाठक रहेका छन् ।

यी मध्ये कम मत ल्याउने प्रतियोगीमध्ये एक जना शुक्रबारको एपिसोडबाट बाहिरिनेछन् । आफूलाई मनपर्ने प्रतियोगिलाई रेस्पेक्ट एण्ड राइज नामको एप्स मार्फत भोट हाल्न सकिनेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com