अर्थमन्त्री खतिवडाको सफलता : सरकारसँग चालु आर्थिक बर्षमा ८० अर्ब रुपैयाँ भन्दा बढी बचत


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आर्थिक बर्षमा भने ८० अर्ब रुपैयाँ भन्दा बढी बचत देखिएको छ । उच्च दरको राजस्व असुली गर्न अर्थ मन्त्रालय सफल बनेसँगै सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो ।

गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च धान्नुपरेको थियो । सुरुमै ऋण उठाएको सम्भवत त्यो पहिलो पटक थियो ।  अर्थमन्त्री डा युवराज खतिवडाको सफलताले अहिले सरकारी कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो ।

‘राजस्व संकलन उच्चदरले भएको र अन्य माध्यमबाट पनि पैसा प्राप्त भएकाले अहिले सरकारसँग करिब ८० अर्ब रुपैयाँ बचत छ,’ अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले भन्नुभयो । सचिव ढुंगाना अव खर्चमा जोड दिएर अघि बढनु पर्नेतर्फ अर्थको ध्यान केन्द्रित भएको बताउनु हुन्छ ।

‘तरलता पर्याप्त भएकाले अबका दिनमा खर्चमा जोड दिएर लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्नुपर्नेछ,’ ढुंगानाले भन्नुभयो । सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिकवृद्धि गर्ने लक्ष्य राखेको छ । विभिन्न कोषसहित अहिले सरकारी ढुकुटीमा झण्डै २ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । तर सरकारले ती सबै रकम सरकारले खर्च गर्न पाउँदैन । यसमध्ये करिब ८० अर्ब रुपैयाँ सरकारले खर्च गर्न पाउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु आर्थिक वर्षका तीन महिना (साउन-भदौ-असोज) मा सरकारको राजस्व असुली ४२ प्रतिशतभन्दा माथि छ । गत वर्षको सुरुका २ महिनामा यस्तो असुली १० प्रतिशत मात्र थियो । अर्थतन्त्रलाई मजवुत बनाउने लक्ष्यसहित अर्थ नेतृत्वले राजस्व असुलीमा कडाई गरेपछि सरकारले अघिल्लो बर्षको तुलनामा निकै बढीराजस्व असुली गरेको हो ।

सरकारले राजस्वबाट मात्रै तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ उठाएको छ । चालु बजेटले राखेको ३४ प्रतिशतको महत्वाकांक्षी लक्ष्यभन्दा पनि अहिले उठेको राजस्व बढी हो।

राजश्व सचिव ढुंगानाका अनुसार यही अवधिमा विश्व बैंकबाट डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गतको २३ अर्ब रुपैयाँ प्राप्त भएको छ । यस्तै सरकारले विभिन्न दातृ निकायहरुबाट ३७ अर्ब रुपैयाँ सोधभर्ना पनि लिएको छ । सोचेभन्दा धेरै राजस्व असुली भएको र अन्य क्षेत्रबाट पनि यसरी रकम जम्मा भएका बेला लक्ष्यअनुसार पुँजीगत खर्च नहुँदा सरकारसँग पैसाको छेलोखेलो भएको हो ।

चालु आवको तीन महिनामा सरकारले करिब २२ अर्ब ६९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ । यो सात दशमलब १९ प्रतिशत मात्र हो । धेरै पुँजीगत बजेट दिएका विकासे मन्त्रालयहरुले १० प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छैनन्।

राजस्वसचिव ढुंगानाले अर्थले खर्च बढाउन सबै मन्त्रालयलाई आग्रह गरिरहेको जानकारी दिए । ‘प्रत्येक महिनाको एक वा दुईपटक सबै मन्त्रालयका पदाधिकारीसँग बसेर पुँजीगत खर्च कसरी बढाउने भनेर छलफल गरिरहेका छौं,’ ढुंगानाले भन्नुभयो, ‘अर्थले अनुगमन गर्ने काम पनि गरिरहेको छ।’

आयोजनाहरुका लागि बजेटमा दिएको स्रोत जुटाइदिने काम अर्थ मन्त्रालयको हो । स्रोत दिने भएकाले स्वाभाविक यो मन्त्रालयले खर्च गर्न पनि घचघच्याउने काम गर्छ । तर बजेट खर्च गर्ने दायित्व भने सम्बन्धित मन्त्रालयहरुकै हो ।
जनशक्ति व्यवस्थापन र कार्यक्रमहरुमा देखिएको अन्योलताका कारण यो वर्ष पनि प्रदेश सरकारहरुले बजेट खर्च गर्न नसक्ने अवस्था रहेको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारसँग पर्याप्त पैसा भएकाले गत वर्षजस्तो अहिले आन्तरिक ऋण उठाइने छैन । अघिल्ला वर्षहरुमा जस्तै बजेटको अर्धवार्षिक समीक्षापछि माघ-फागुनतिर आन्तरिक ऋण उठाउन सुरु गरिने छ।

चालु आवमा रेमिटेन्स पनि गत वर्षभन्दा बढी आएको छ । गत वर्ष रेमिटेन्सको वृद्धि ०.७ प्रतिशतले खुम्चिएको थियो। यो वर्षको दुई महिनामा भने यसको वृद्धिदर ३३.४ प्रतिशतले बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com