‘प्रधानमन्त्रीको ज्वरो र रक्तचाप नियन्त्रणमा’


प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार

छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको पाइएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर हुँदै गएको चिकित्सकहरूले जनाएका छन्।

केही दिनदेखि प्रधानमन्त्री निवास वालुवाटारमै आराम गरिराखेका उनको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुर्याइएको थियो।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दशैं सकिएसँगै रूघा-खोकीको समस्या झेल्न थालेका उनलाई शुक्रबारदेखि ज्वरो समेत आउन थालेको थियो।

कारण
आफ्नो स्वास्थ्य बिग्रिएकै कारण शनिवार आयोजित नेपाल कम्युनिस्ट पार्टीको चियापानमा सहभागी नभएका प्रधानमन्त्री ओली आइतबार मन्त्रिपरिषद्को बैठकमा केहीबेर मात्र बसेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खोकी नै मुख्य समस्या भएकोले त्यो नियन्त्रण गर्न हामीले दिने एउटा इन्जेक्सनले सुगरको मात्रा बढाउन सक्ने भएकाले त्यसलाई नियन्त्रणमा राख्दै उपचार गरिराखेका छौं
डा. अरूण सायमी, मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
एक दशकअघि मृगौला प्रत्यारोपण गरेका उनले दशैंमा धेरैलाई टिका लगाइदिएका थिए। त्यसैबेला संक्रमण भएको हुनसक्ने उनका निजी चिकित्सक डा. दिव्या सिंहले बताइन्।

उनले भनिन्, “वहाँलाई दशैं सकिएपछि रूघाखोकीको समस्या देखिएको हो। दशैंमा टिका लगाउन निकै भिडभाड बढेको थियो। मृगौला प्रत्यारोपण गरिसकेको व्यक्ति भएकाले वहाँलाई निको नहुँदै धेरै मानिसहरू भेट्न आएभने संक्रमण हुन सक्ने हुँदा सिसियुमा राखिएको हो।”

थप संक्रमणबाट जोगाउन अस्पतालमा समेत प्रधानमन्त्रीलाई निकै कमसँग भेट्न दिइएको छ।

निगरानी
चिकित्सकहरूका अनुसार शुरुमा रूघाखोकी लागेर छातीमा संक्रमण शुरू भएता पनि निमोनिया नभएको चिकित्सकहरुले जनाएका छन्।

ब्रोङ्काइटिसको समस्या देखिएको र उनलाई आराम पनि हुने भएकाले अस्पतालमै राखेर एन्टीबायोटिक्स औषधिको अवधि पुरा गर्ने उनीहरूको योजना छ।

उपचार टोली संयोजक डा. अरूण सायमीका अनुसार प्रधानमन्त्रीलाई दिइएका केही औषधिले गर्दा सुगर तलमाथि पार्न सक्ने भएकाले निगरानीमा राख्नुपरेको हो।

उनले भने, “वहाँको मृगौला र मुटुमा केही समस्या देखिएको छैन, मुख्य कुरा छातीको संक्रमण नै हो। खोकी नै मुख्य समस्या भएकोले त्यो नियन्त्रण गर्न हामीले दिने एउटा इन्जेक्सनले सुगरको मात्रा बढाउन सक्ने भएकाले त्यसलाई नियन्त्रणमा राख्दै उपचार गरिराखेका छौं।”

चिकित्सकहरूका अनुसार सोमवार साँझसम्ममा प्रधानमन्त्रीको ज्वरो र रक्तचाप दुवै नियन्त्रणमा आएका छन्। अस्पतालले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै सोमबार साँझ दोस्रो प्रेस विज्ञप्ती जारी गरेको थियो।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले संक्रमण रोक्ने विभिन्न औषधी खाइरहेका छन्।

तर अत्यधिक व्यस्तता र भेटघाटले उनको स्वास्थ्यलाई जोखिममा पार्ने गरेको उनी निकटहरुको भनाइ पाइन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com