मिस्टर एण्ड मिस थारुको दोश्रो संस्करण शुक्रबार, मुख्य सांस्कृतिक डिजाइनर शुभम चौधरी


प्रकाशित मिति : कार्तिक १२, २०७५ सोमबार

मिस्टर एण्ड मिस थारुको दोश्रो संस्करणको मुख्य प्रतियोगिता शुक्रबार काठमाडौंमा हुने भएको छ । कार्तिक १६ गते दिउसो २ बजे राष्ट्रिय नाचघर जमलमा हुने प्रतियोगितामा ३४ जना प्रतियोगीहरु सहभागी हुँदैछन् ।

मिस्टर एण्ड मिस थारुको छनौट गर्ने प्रतियोगितामा सहभागीहरुमा १४ जना महिला र २० जना पुरुष रहेका छन् । प्रतियोगिताको मुख्य डिजाइनर र स्टाइलिस्ट उदियमान फेशन डिजाइनर शुभम चौधरी हुन् ।

प्रतिस्पर्धीहरुले प्रतियोगिताको सांस्कृतिक राउण्डमा शुभमले डिजाइन गरेका थारु संस्कृति झल्किने पोशाक लगाएर स्टेजमा उत्रनेछन् । थर्ड राउण्डका लागि पूर्वदेखि पश्चिम सम्मको थारु संस्कृति झल्किने गरी पोशाकको डिजाइन गरिएको फेशन डिजाइनर शुभम चौधरीले जानकारी दिए । शुभम गतबर्ष आयोजित मिस्टर एण्ड मिस थारुका फस्ट रनरअप समेत हुन् ।

नेपाली थारु कला संस्कृति झल्किने प्रतियोगितामा ड्रेस डिजाइन गर्न पाएकोमा आफूलाई निकै खुशी लागेको शुभमले जानकारी दिए । परम्परागत मौलिक ड्रेसलाई थप आकर्षक बनाउन सृजनात्मक टच प्रदान गरिएको उनले बताए ।

जहा इन्टरटेन्मेन्टले आयोजना गर्ने प्रतियोगितामा गत बर्ष चन्दन चौधरी र जेनिसा चौधरी विजेता भएका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण काष्ठमण्डप टेलिभिजनले गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com