महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी काभ्रे सानो गौथली– ७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ ।
स्थानीय हीरा लामा र उनकी आमाले बुधबार डोरीले बाँधेर परियारलाई मलमूत्र खुवाई मरणाशन्न हुनेगरि कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो ।
पीडित परियारले प्रहरी कार्यालय चौबासमा उजुरी दिएकी थिइन् । तर, प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराए । त्यसको २४ घन्टा नबित्दै उनको मृत्यु भएको नयाँ पत्रिकामा खबर छ । मृत्यु भएपछि माइती पक्षले हत्या गरिएको भन्दै कारबाहीका लागि प्रहरीसमक्ष जाहेरी दिएको छ । काभ्रेका एसपी सहकुल थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।