तनहुँमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु, पुरौ सोकमा


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

चालु आर्थिक वर्षको तीन महिनामा तनहुँमा भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। चालु आवको साउन, भदौ, असोज र कात्तिक ९ गतेसम्मका अवधिमा भएका सवारी दुर्घटनामा परी १० पुरुष, पाँच महिला र एक बालकको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी ८५ जना घाइते भएकामध्ये ४७ गम्भीर र ३८ सामान्य घाइते भएका थिए। साउन र भदौमा चार चार, असोजमा ६ तथा कात्तिक ९ गतेसम्म दुई जनाले ज्यान गुमाएका छन्। उक्त अवधिमा ६ ट्रक, १६ बस, तीन माइक्रोबस, आठ जीप, एक ट्र्याक्टर र २१ मोटरसाइकल दुर्घटनामा परेका छन्।

ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर क्षेत्रीका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी चेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com