अमेरिकामा मिस वर्ल्ड बन्ने दौडमा नेपाली युवती


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

नेपाली युवती अस्मी श्रेष्ठ अहिले वासिङ्टन डिसीमा १८ डिसेम्बर २०१६ मा हुने मिस वर्ल्ड २०१६ मा भाग लिन अमेरिकामा छिन् ।

प्रारम्भिक चरणमा प्राप्त पपुलर भोटको आधारमा छनौट हुन मद्दत पुग्ने भएकाले उनले आफूलाई भोट दिन सबैलाई अनुरोध गरेकी छिन् ।

विश्वको कुनै पनि ठाउबाट यसमा भोट गर्न सकिने प्रावधान राखिएको छ । नेपाली युवतीलाई आफ्नो भोट प्रदान गरी नेपाल र नेपालीको नाम विश्वमा चिनाउन समेत सहयोग पुग्ने हुँदा नेपालीहरूले उत्साह पूर्वक मतदान गरिरहेका छन् ।

भोट हाल्नको लागि गुगलको प्ले स्टोर वा एप्पलको एप स्टोरमा गएर मिस वल्र्ड एप डाउनलोड गरेर मेनुमा गई माथि दाहिने तिर भएको ठाउँमा भोट फर योर टप थ्री क्लिक गर्नुपर्छ ।

अस्मीबारे थप जान्न र भोट हाल्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

त्यहाँ नेपाल खोजेर अन्य दुई प्रतिस्पर्धी समेत छानेर भोट हाल्न सकिन्छ । भोट हाल्नको लागि तीनै जनाको नाम छान्न जरुरी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com