ताइवानमा रेल दुर्घटना, २२ जनाको मृत्यु
प्रकाशित मिति : कार्तिक ६, २०७५ मंगलबार
ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिक छोड्दा भएको उक्त घटना भएकाे हाे । १७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ ।
उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ ।
स्थानीय समय अनुसार ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका बीबीसीले जनाएकमाे छ ।
राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना भएकाे हाे ।






