अल्ट्रा धावक मिरा राईलाई अमेरिकामा सम्मान, बिल क्लिन्टनको उपस्थीतिमा ‘एसिया गेम चेन्जर अवार्ड’


प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार

– सुरेश चाम्लिङ्ग

अल्ट्रा धावक मिरा राईलाई अमेरिकाका बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ ।

मिरा राईलाई न्यु योर्कमा एसिया सोसाइटीद्वारा एसिया गेम चेन्जर अवार्डद्वारा सम्मान गरिएको थियो ।

एसियाका अन्य देशका बिभिन्न ख्याती प्राप्त व्यक्तित्वहरु संगै मिरा राईलाई पनि सम्मान गरिएको थियो । जसमा पेप्सीकोलाको सीइओ भारतीय नागरिक इन्द्रा नोयी, चाइनाको यु एन इन्भाइरोमेन्ट एम्बसाडोर वाङ्ग शि, सिरियाको लडाईमा ह्वाइट हेल्मेट ग्रुप भनेर उद्दार गर्ने टिमका प्रमुख रैद सालेह,थाईल्याण्ड गुफामा १८ दिनसम्म अड्किएकाहरुको उद्दार गर्ने थाई नेभी शिल्ड, जापानको फुकुशिमा आणविक भट्टीका उद्दारकर्ता लगाएतका ९ जनालाई सम्मान गरिएको थियो । जसमा अमेरिकी पुर्व रास्ट्रपति बिल क्लिन्टनको समेत उपस्थिति थियो ।

गतसाल यो अवार्डद्वारा नेपालको आँखा विसेसग्य डा सन्दुक रुइतलाई सम्मान गरिएको थियो ।

नेपाली समाजले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा चिया विथ मिरा राईको आयोजना गरि मिरा राईलाई सम्मान तथा उहाको फाउनडेशनलाई सहयोग संकलन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोस्टनमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर र जात्रा नेपालको संयुक्त आयोजनामा डिनर एण्ड ड्रिंक विथ मिरा राईको आयोजना गरी सम्मान तथा फाउनडेशनलाई सहयोग गरिएको थियो । उक्त कार्यक्रममा जात्रा नेपालको उज्वलले टोकन र जात्रा नेपालकै निर्मलले सोभेनियर प्रदान गर्नु भएको थियो ।

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले मन्तब्य दिनु हुदै मिरा राईको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । उक्त कार्यक्रममा मिरा राईसंग अन्तरक्रिया समेत गरिएको थियोरकार्यक्रमको संचालन रुपा लक्ष्मी शाहले गर्नु भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com