मलेसियामा जानेहरूको लागी खुशीको खबर अब नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नेगरी मलेसियासँग श्रम सम्झौता हुँदै


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

विगत छ महिनादेखि अवरुद्ध हुँदै आएको मलेसियामा नेपाली कामदार आपुर्ती प्रक्रिया आगामी कात्तिक १२ गतेदेखि पुनः सुचारु हुने भएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच आगामी कात्तिकमा श्रम सम्झौता हुने पक्का भएपछि मलेसियामा नेपाली कामदार पठाउन सजिलो हुने भएको हो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कात्र्तिक ११ गते नेपाल आउने निश्चत भएको छ । कुलसागरन र नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच सझौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै पुनः नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने बाटो खुल्ने छ । नेपाल र मलेसियाबीच उक्त सम्झौतामा हस्ताक्षर भएपछि श्रमिक आपूर्तिको अवरोध हट्ने र नयाँ प्रावधान अनुसार प्रक्रिया सुरु हुने मन्त्रालयका सचिव महेशकुमार दाहालले बताए । यहि असोज १२ गते नेपाली कामदारले रोजगारीका लागि मलेसिया जाँदा लाग्ने भिषासंबन्धि सबै खर्च रोजगारदाताले व्याहोर्नेगरी मस्यौदापत्रमा सहमती जुटेको थियो । आगामी कात्तिक दोस्रो साता मलेसिया र नेपालबीच उक्त सम्झौतामा हस्ताक्षर भएमा हाल श्रमिकहरुले प्रतिव्यक्ती खर्च गर्दै आएको करिब एक लाख रुपियाँभन्दा बढी रकम जोगिने छ ।

समझदारीमा नेपाली कामदारको भिषा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाता कम्पनीले व्यहोर्ने भएको छ । एमओयूमा हस्ताक्षर भएपछि नेपालसरकारले मान्यता दिएका जुनसुकै स्वास्थ्य संस्थाबाट गरिएको मेडिकल परीक्षणले मान्यता पाउने छ । स्वास्थ्य परीक्षण, भिषा प्रोसेसिङलगायतका काममा केही संस्थाले कामदारमाथि आर्थिक शोषण गरिरहेकोे भन्दै सरकारले गत जेठदेखि सरकारले मलेसिया कामदार पठाउने सबै प्रक्रिया अघि बढाउने भन्दै बायोमेट्रिक, भिएलएन, माईग्रामलगायतका कम्पनीले कामदारमाथि शोषण गर्दै सिण्डिकेट खडा गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com