एन्फाको लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्रीस्टार एएफसी कपको दोस्रो राउण्ड खेल्न बञ्चित हुने भएको छ ।थ्रीस्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो ।

टिम ४ अंक सहित समूह बी को विजेता बनेको थियो । थ्रीस्टारको अंक आयोजक मंगोलियाली इर्चिम एफसीको भन्दा १ ले बढी हो । तर एएफसीले बुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा नेपालको थ्रीस्टार परेन । एएफसीले डिसेम्बर १३ मा खेलतालिका तय गर्ने भएको छ ।

एएफसीको वेबसाईटमा प्रकाशित सूची अनुसार नेपालको ठाउँमा मंगोलियाको इर्चिम एफसी परेको छ । प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुने कान्तिपुरमा खबर छ । अन्तिम चरणचाहि फेब्रुअरी २० देखि नोभेम्बर ४ सम्म हुनेछ । जसको खेलस्थलबारे अझै निर्णय भइसकेको छैन । एएफसीले प्रतियोगिताको लागि टिम दर्ता गर्न एनफालाई बारम्बार स्मरण गराएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com