‘अवतरण’ अमेजनमा


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

चर्चित संचारकर्मी तथा एबीसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेलबाट लिखित पुस्तक ‘अवतरण’ अमेजनमा उपलब्ध भएको छ । अमेरिकामा रहने पाठकहरुले अब पुस्तक अवतरण अमेजनमार्फत अनलाइनमा किन्न सक्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले लोकार्पण गरेको पुस्तक अवतरणमा नेपालमा सशस्त्र संघर्ष, रुपान्तरणमा विवाद र एमाले माओवादी एकताको नालीबेली समेटिएको छ । पुस्तकमा नेपालमा कम्प्युनिष्ट पार्टीको स्थापनादेखि अहिलेको एमाले माओवादी एकतासम्मलाई अत्यन्तै रोचक शैलीमा लेखिएको छ ।

अमेजनमा पुस्तक किन्न यहाँ क्लिक गर्नुहोला ।

नेपालमा कम्युनिष्ट थाहा पाउने पहिलो व्यक्तिदेखि माकाफुईदेखि अंकमालसम्मका विवरणहरु समेटिएको पुस्तकमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरुबारे यसअगाडि कहिल्यै सार्वजनिक नभएका तथ्य र विवरणहरु समेटिएका छन् । एबीसी न्युज टेलिभिजनका संस्थापक तथा प्रधानसम्पादक शुभशंकर कँडेलको यो १४ औं प्रकाशित पुस्तक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल कँडेल नेपाल मिडिया सोसाइटीको अध्यक्ष तथा मिडिया मनिटर जर्नलको सम्पादक समेत हुनुहुन्छ । उहाँले यसअघि सगरमाथा टेलिभिजन र इमेज च्यानलमा समाचार निर्देशक तथा सम्पादकका रुपमा काम गर्नुभएको थियो । २०५६ सालमा धौलागिरी अञ्चलको पहिलो दैनिक पत्रिका न्यु धौलागिरीको सम्पादक तथा प्रकाशकका रुपमा कृयाशिल कँडेलसँग आधा दर्जन बढी संचारमाध्यम संचालन र कार्यरत रहेको अनुभव छ ।

आमसंचार र राजनीतिशास्त्रमा स्नातकोत्तर कँडेलका यस अगाडि प्रकाशित पुस्तकहरु राजनीति र आमसंचार सम्बन्धित छन् । पत्रकार कँडेल २०६१ सालदेखि पुस्तक लेखनमा सकृय रहँदै आउनुभएको छ । कँडेलको नयाँ पुस्तक अवतरण नेपाली कम्युनिष्ट आन्दोलनको एक्सक्लुसिभ महाभारतका रुपमा स्थापित हुने विश्वास गरिएको छ । जसमा कम्युनिष्ट आन्दोलनको इतिहासमात्र होइन, दाउपेचहरु पनि बुझ्न पाइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com