दिक्पाल कार्कीलाई ‘दशकका सुपरमोडल’ सम्मान


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

विगत ९ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय नेपाली मोडल दिक्पाल कार्की ‘सुपरमोडल अफ द डिकेड’ बाट सम्मानित भएका छन् । ड्रिम सर्च एजेन्सीका तर्फबाट सीईओ कमल निकोन क्षेत्रीले यस्तो सम्मान प्रदान गरेका हुन् ।

डेलिस ओपेरा रेष्ट्रो बालुवाटारमा आयोजित किड्स एण्ड टीन फेशन रनवे पहिलो सिजनका क्रममा कार्कीलाई सम्मान गरिएको हो । कार्कीले हालै म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका थिए । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका थिए । दिक्पालले त्यहाँ अरू तीन वटा टाइटल मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयर पनि जितेका थिए ।

दिक्पालले यस अघि थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैटौँ भएका थिए । कोरियन क्लोथिङ ब्रान्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन सँगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित सोहरूमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एक सय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com