तस्वीरमार्फत डिभीबारे जनचेतना जगाउँदै अमेरिकी दूतावास, डिभी भर्नुअघि अवश्य हेर्नुहोस्


प्रकाशित मिति : आश्विन २५, २०७५ बिहीबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभी लोटरीबारे तस्वीरमार्फत जनचेतना जगाइरहेको छ । अक्टोबर ३ देखि डिभी लोटरीका लागि आवेदन खुलेदेखि अमेरिकी दूतावासले यसबारे सामाजिक सञ्जाल र वेवसाइटमार्फत नेपाली भाषामै जनचेतना जगाइरहेको छ ।

डिभी २०२०को लागि आवेदन दिनेहरुले डिभीका लागि आवेदन फारम भर्दा आफ्नो परिवारका सबै सदस्य (पतिरपत्नी र २१ वर्ष नपुगेका सन्तान)को नाम समावेश गर्न दूतावासले सुझाव दिएको छ । त्यसो नगर्नाले डिभी कार्यक्रमका लागि अयोग्य बन्न सकिने र सँगै अमेरिका जाने विचार नगरेको भएपनि पनि उहाँहरूको नाम चाहिँ खुलाउनुपर्ने दूतावासले स्पष्ट पारेको छ ।

डिभी लोटरीबारे नेपाली भाषामा दूतावासको वेवसाइटमा प्रकाशित सुचना

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै डिभीका लागि आवेदन फारम भर्दा कन्सल्टेन्सीको होइन, आफ्नो व्यक्तिगत ईमेल ठेगाना हालेर आवेदन गर्न सुझाव दिइएको छ । दूतावासले भनेको छ – ‘आफ्नो कन्फर्मेशन नम्बर सुरक्षित राख्नुहोस् किनकी पछि तपाईंलाई डिभी परे नपरेको जाँच्ने एकमात्र उपाय यही नम्बर हो । आफ्नो ईमेल ठेगाना वा कन्फर्मेशन नम्बर भिसा कन्सल्टेन्सीलाई दिएर विश्वास नगर्नुहोस् । यस्तो विवरण प्रयोग गरेर तिनीहरूले पछि तपाईँलाई भ्रमित गर्नसक्छन् ।’

त्यस्तै डाइभर्सिटी भिसा कार्यक्रममा सहभागी हुनका लागि आधिकारिक वेवसाइटमा गएर फारम भर्न तथा भिसा कन्सल्टेन्सीमा गएर पैसा खेर नफाल्न सुझाव दिइएको छ । डिभी कार्यक्रममा प्रवेश गर्नका लागि कुनै शुल्क नलाग्ने भएकाले पैसै नपर्ने कामको लागि पैसा तिरेर छनौट हुने संभावना पनि नबढ्ने दूतावासले स्पष्ट पारेको छ ।

काठमाडौंको रहेको अमेरिकी दूतावासले डिभी लोटरबारे भिसा च्याट समेत संचालन गरेको छ ।

डिभी परेपछि कन्सल्टेन्सीहरुले विजेतासँग मोटो रकम लिने गरेको पाइएकाले दूतावासले कन्सल्टेन्सीका कुरा विश्वास नगर्न दूतावासले पटकपटक आग्रह गरेको छ । कन्सल्टेन्सीका कुरा र झुठा आश्वासनमा विश्वास नगरी आफै नोभेम्बर ६ सम्म डिभी लोटरी भर्न सकिन्छ ।

फोटो : अमेरिकी दूतावासको फेसबुक ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com