कसैले पनि नसकेपछि १३ जना मान्छे खाने बाघ मार्न छाडियो यस्तो कुकुर


प्रकाशित मिति : आश्विन २५, २०७५ बिहीबार

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ ।

यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको छैन । वन रेन्जरहरु यसलाई नियन्त्रणमा लिनका लागि दिनरात प्रयास गरिरहेका छन् ।

प्रशासनले बघिनी समात्न गएको सोमबार एक थप विकल्प अघि सारेको छ । बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरिएको छ । यो कुकुरालाई शिकारी कुकुर मानिन्छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियका अनुसार ‘टी १’ बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो ।

यो कुकुर किन ? केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो । यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन । इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँछन् ।

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्षको हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको निक्कै ठूलो हुन्छ । यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ । –बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com