फेसबुकमा स्ट्याटस लेख्दै आत्महत्या


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै आत्महत्या गरेका छन् ।

फेसबुक चलाइरहेका उनले एकाएक युजर डेड, फर्गेट मी लेखे, त्यसैलाई प्रोफाइल बनाए र घर अगाडि झाडीमा आत्महत्या गरे । घलेको अप्रत्यासित आत्महत्याले परिवारजन गहिरो शोकमा परेका छन् ।

पारिवारिक स्रोतका अनुसार, एसएलसीसम्म अध्ययन गरेका घले पछिल्लो समय विदेश जान चाहन्थे । तर उनले हठात् यस्तो निर्णय गरे की, फेसबुकमा स्ट्याटस नै लेखेर आत्महत्या गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com