दशैँमा घर जाँदै गरेका दम्पतीलार्इ ट्रकले ठक्कर दिदा श्रीमानको मृत्यु, श्रीमती घाइते


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

दशैँका लागि घर जाँदै गरेका एक दम्पतीलार्इ ट्रकले ठक्कर दिँदा श्रीमानकाे मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन् ।

काठमाडौंको नैकापमा उनीहरु सवार मोटरसाइकललाई पछाडिबाट अाएकाे ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको हाे । घाइते भएकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ ।

नैकाप ओरालोमा शनिबार साँझ बा-७९ प नम्बरको मोटरसाइकललाई ना-६ प ३०४१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएकाे हाे ।

मृत्यु हुनेमा स्याङ्जा पिँढीखोला घर भएका पुन थापा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते बनेकी पुनकी श्रीमती दिव्या थापाको हाल वीर हस्पिटलमा उपचार भइरहेको छ । उनका श्रीमानलार्इ पनि उपचारका लागि ट्रमा सेन्टर ल्याइएकाेमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com