के कुनै भिखारी मागेर यति धेरै पैसा कमाउन सक्छ कि जसको पैसा गन्नकै लागि नोकर राख्न जरुरत परोस…? तपाईलाई यकिन भईरहेको छैन होला यस कुरामा…? हामी तपाईलाई आज यस्तै व्यक्तिको बारेमा बताउन गईरहेका छौँ।
चीनको यो भिखारी यसकारण चर्चामा आएको छ किनकी उसको १ महिनाको आम्दानी यति छ कि उसले पैसा गन्नको लागि दोस्रो व्यक्तिको मद्दत लिन्छ। यति मात्र हैन उसले पैसा गन्नको लागि टिप पनि दिने गर्छ। तपाई यो कुरा सुनेर तीन छक्क पर्नुहुनेछ कि उक्त भिखारीले एक महिनामा एक लाख कमाउँछ।
उक्त भिखारी जुन ठाउँमा बसेर भिख माग्न बस्छ, त्यहाँ उससँग नोटको डङ्गुर बन्छ । मानिसहरु भन्छन कि उक्त भिखारीप्रति मानिसहरु धेरै नै दयालु छन्। त्यसैले उसले केवल भिख मात्र मागेर बेईजिंगमा दुई तले घर बनाएको छ। सिर्फ यति मात्र होइन, उसको तीन बच्चा शहरको चर्चित स्कुलमा पढिरहेका छन्।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
परिवारको सारा खर्च उक्त भिखारीको कमाईमा चल्छ। एक रिपोर्ट अनुसार भिख मागेर नै उसले मासिक रुपमा नेपाली मुद्रा करिब एक लाख रुपैयाँ जुटाउछ। उक्त भिखारी भिख मागेर जुटाईएको रकम पोस्ट अफिसमा जम्मा गर्न लिएर जाँदा उक्त पैसा गन्नको लागि स्थानीय कर्मचारीको मद्दत लिने गर्छ, उक्त कामको लागि उसले उनीहरुलाई पैसा पनि दिने गरको छ। उक्त भिखारीले १०० चिनियाँ युआन टिप दिने गर्छ। एजेन्सीको सहयोगमा
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।