बृद्ध आमाको चित्कार: ‘मेरो छोरालाई मारेर फाले, मैले न्याय पाइन !’


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

पोखराकी ६२ बर्षकी बृद्ध बिष्णुकुमारी पाण्डे आफ्नो २६ वर्षीय छोरा सुर्य पाण्डेलाई ‘उखु र चक्कुले हानेर मारेको’ भन्दै न्याय खोज्न प्रहरी कार्यालय जन्छिन, गैरहन्छिन, अझै जाँदैछिन्।

यसरी उनी प्रहरी कार्यालय लगायतका विभिन्न प्रशासनिक निकायमा धाउन थालेको झण्डै चार बर्ष भयो । बृद्ध बिष्णुकुमारी भन्छिन् – ‘मेरो छोरालाई मारे, मैले आजसम्म न्याय पाईन ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङ ४ बर्ष अघिको घटना भएपनी आँफुहरु आएपछि पुनः अनुसन्धान गरिरहेको बताउँछन।

ढिलो त भयो, तर प्रहरीले सत्य तथ्य बाहिर ल्याएरै छोड्ने डिएसपी गुरुङको दाबी छ।

खासमा मृतक सुर्य पाण्डेको हत्या थियो कि स्वभाविक मृत्यु थियो भन्ने कुराको टुङ्गो अहिलेसम्म लाग्न सकेको छैन। ६२ वर्षीया बृद्ध आमाको चित्कार र प्रहरीको भनाई सहितको बिशेष कार्यक्रम भर्खरै एक टेलिभिजनले सार्वजनिक गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com