संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी,बोका र च्यांग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ । दशैँको मुखमा राजधानी र अन्य मुख्य सहरमा खसी ,बोका च्यांग्रा लैजाने क्रममा स्थानीय तहहरुले कर उठाउन थालेपछि मन्त्रालयले निर्देशन दिएको हो ।
संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ मा ‘जिव जन्तु र चौपायको व्यापार व्यवसाय गर्नेबाट व्यवसाय कर वा हाट बजारमा खरिद बिक्री भएको अवस्थामा बाहेक अन्य कुनै किसीमको कर शुल्क आदि उठाउन नमिल्ने ’ व्यवस्था रहेकाे छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।