टीपीएस अन्त्य गर्नमा अदालतको रोक, नेपाल र होण्डुरसको भने अन्त्य हुने


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

ट्रम्प प्रशासनले एकपछि अर्को देशका नागरिकहरुलाई दिइएको टीपीएस सुविधा खारेज गर्दै गएको अवस्थामा टीपीएस कार्यक्रम अन्त्य गर्नमा अमेरिकी अदालतले अस्थायी रोक लगाएको छ । अदालतको आदेशपछि टीपीएस समाप्त हुँदै गरेका ४ देशका नागरिकहरुले संरक्षण पाउने भएका छन् । तर नेपाल र होण्डुरसका नागरिकहरुलाई भने यो आदेशले कुनै प्रभाव नपार्ने जनाइएको छ ।

क्यालिफोर्नियाका अमेरिकी जिल्ला न्यायाधिस एड्वार्ड चेनले दिएको आदेशपछि देशनिकालाको सामना गर्दै गरेका सुडान, एल साल्भाडोर, हैटी र निकारागुवाका नागरिकहरुलाई देशनिकाला हुनबाट राहत प्रदान गर्ने भएको छ । मुद्दाबारे सुनुवाई भएको एकसातापछि न्यायाधिसको निर्णय आएको हो ।

टीपीएस अन्त्यमा रोक लगाउने अस्थायी आदेश तुरुन्तै कार्यान्वयन हुनेछ भने सुडानका टीपीएस प्राप्त नागरिकका लागि यो सबैभन्दा सुखद खबर भएको छ । किनभने सुडानको टीपीएस आगामी नोभेम्बरमा समाप्त हुँदैछ । यो निर्णयले होण्डुरस र नेपालको टीपीएसमा कुनै प्रभाव नपारेपनि टीपीएस वाहकहरुलाई स्थायी समाधानको बाटोमा लैजान दवाव सृजना गर्नसक्ने विश्वास लिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com