नोटिस टु अपियर : अमेरिकामा एसाइलम खोज्नेका लागि जीत, अरु सबैको हार

अक्टोबर १ देखि लागु हुने गरी अमेरिकी सरकारले नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको छ । नोटिस टु अपियर अध्यागमन न्यायाधिस समक्ष प्रस्तुत हुनुभन्दा अगाडि निश्चित मितिमा अदालतमा उपस्थीत हुनका लागि व्यक्तिलाई दिइने सुचना हो । यहीबाट उसको देशनिकालाको प्रकृया सुरु हुन्छ ।

अमेरिकी सिमाक्षेत्रमा आएर वा गैरकानुनी सिमा पार गरेर एसाइलम खोज्नेहरुका लागि नोटिस टु अपिएर पहिलो जीत हो । किनभने यसरी आउनेहरुका लागि नोटिस टु अपिएर जारी भएपछि उनीहरुको मुद्दाबारे अदालतमा सुनुवाई हुन्छ । र मुद्दा जितेपछि ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ ।

एसाइलम गर्न चाहनेहरुले क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेको खण्डमा मात्र नोटिस टु अपियरको सुचना प्राप्त गर्छन्, अन्यथा उनीहरुलाई थप सुनुवाईको अवशर विना नै शीघ्र प्रकृयाबाट अमेरिकाबाट देशनिकाला गरिन्छ । त्यस्तै युएससीआईएसमा एसाइलम अस्वीकृत हुनेहरुले पनि नोटिस टु अपियर प्राप्त गरेर अदालतमा आफ्नो मुद्दाबारे सुनुवाईको अवशर पाउँछन् ।

तर एसाइलम गर्न खोज्ने बाहेक अरु सबैका लागि नोटिस टु अपियर जारी भएमा उनीहरु अमेरिकाबाट देशनिकाला हुने निश्चित प्राय हुन्छ । उनीहरुका लागि यो सिधा अर्थमा नै देशनिकालाको बाटोतिर अगाडि बढ्नु हो ।

अबदेखि देशनिकालाका लागि योग्य, अपराध गरेको, जालसाजी गरेको, अध्यागमन सुविधा अस्वीकृत भएको र अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेको व्यक्तिलाई युएससीआईएसले नोटिस टु अपियर दिनसक्ने भएको छ ।

आवेदकले सरकारी सुविधाको दुरुपयोग गरेको पाइएमा, जालसाजी गरेको पाइएमापनि युएससीआईएसले नोटिस टु अपियर जारी गर्नेछ । जालसाजी बाहेक अन्य कारणले आवेदन अस्वीकृत भएको खण्डमा समेत युएससीआईएसले त्यस्तो सुचना जारी गर्नेछ ।

त्यस्तै अपराध गरेको कारण चारित्रिक आधारमा अस्वीकृत भएको अमेरिकी नागरिकताको आवेदनका सन्दर्भमा समेत युएससीआईएसले नोटिस टु अपियर जारी गर्न सक्ने भएको छ ।
अमेरिकामा बस्ने अनुमति नभएका, टीपीएसको अवधि सकिपछि पनि स्टेटस एड्जस्ट नगरेका, भिसा सकिएर पनि अमेरिकामा बसिरहेकाहरुले समेत अब देशनिकालाका लागि नोटिस टु अपियर प्राप्त गर्न सक्नेछन् ।

बुधबार, अशोज १७, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री