अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्ड तय, अब यस्ता गल्ती गर्नेलाई पनि ‘नोटिस टु अपियर’


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

अक्टोबर १ देखि लागु हुनेगरी  ट्रम्प प्रशासनले अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्डहरु तय गरेको छ । सरकारले देशनिकालाको प्रकृया सुरु गर्ने सुचना नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको हो ।

नोटिस टु अपियर अध्यागमन न्यायाधिस समक्ष प्रस्तुत हुनुभन्दा अगाडि निश्चित मितिमा अदालतमा उपस्थीत हुनका लागि व्यक्तिलाई दिइने सुचना हो । यहीबाट उसको देशनिकालाको प्रकृया सुरु हुन्छ ।

अबदेखि देशनिकालाका लागि योग्य, अपराध गरेको, जालसाजी गरेको, अध्यागमन सुविधा अस्वीकृत भएको र अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेको व्यक्तिलाई युएससीआईएसले नोटिस टु अपियर दिनसक्ने भएको छ ।

आवेदकले सरकारी सुविधाको दुरुपयोग गरेको पाइएमा, जालसाजी गरेको पाइएमापनि युएससीआईएसले नोटिस टु अपियर जारी गर्नेछ । जालसाजी बाहेक अन्य कारणले आवेदन अस्वीकृत भएको खण्डमा समेत युएससीआईएसले त्यस्तो सुचना जारी गर्नेछ ।

नयाँ नीतिबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै अपराध गरेको कारण चारित्रिक आधारमा अस्वीकृत भएको अमेरिकी नागरिकताको आवेदनका सन्दर्भमा समेत युएससीआईएसले नोटिस टु अपियर जारी गर्न सक्ने भएको छ ।

थप मापदण्डबाट पर्ने प्रभावबारे आगामी शुक्रबार अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठसँग खसोखास लाइभ हेर्नुहोला प्रधानसम्पादक किशोर पन्थीका साथमा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com