छिटो ग्रिनकार्ड चाहनेकालागि बढाइयो शीघ्र प्रकृया शुल्क, नयाँ शुल्क १४१० डलर


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

यो समाचार अडियोमा पनि उपलब्ध छ । अडियो सुन्न यहाँ क्लिक गर्नुहोला । अडियो : सुरेश शाही

अमेरिकी सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले आवेदनमा शीघ्र प्रकृया अर्थात प्रिमियम प्रोसेसको शुल्क झण्डै १५ प्रतिशतले बृद्धि गरेको छ । अक्टोबर १ देखि गैरआप्रवासी कामदारको आवेदन आई १२९ र रोजगारमा आधारित आप्रवासी आवेदन आई १४० को प्रिमियम प्रोसेसिङ शुल्क बढाएको हो ।

यसअगाडि प्रिमियम प्रोसेसिङ शुल्क १२२५ डलर रहदै आएकोमा अक्टोबर १ देखि लागु हुनेगरी यो शुल्क १४१० अमेरिकी डलर भएको छ । अझ प्रभावकारी ढंगलेआवेदनउपर कारवाही गर्नका लागि शुल्क बढाइएको युएससीआईएसले जनाएको छ ।

झण्डै ८ बर्षपछि प्रिमियम प्रोसेसिङ शुल्क बढाएको हो । यसअगाडि सन् २०१० मा प्रिमियम प्रोसेसिङ शुल्क १२२५ बनाइएको थियो ।

युएससीआईएसमा प्रिमियम प्रोसेसिङ एउटा वैकल्पिक उपाय हो । आफ्नो आवेदनबारे छिटो फैसला चाहनेहरुले अतिरिक्त शुल्क तिरेर आवेदनबारे १५ दिन भित्र फैसला प्राप्त गर्नसक्ने प्रावधान नै प्रिमियम प्रोसेसिङ हो ।

अमेरिकामा अस्थायी रुपमा काम गर्न, सेवा प्रदान गर्न, तालिम लिन चाहने एच, एल, ओ, पी, क्वु र आर भिसाका गैरआप्रवासी कामदारहरुले आई १२९ फर्म भर्नुपर्छ भने ई वान, ई टु, ई थ्री, एचवान बीवान वा टीएन वा माथि उल्लेखित भिसा आवेदकले आफ्नो स्टाटस परिवर्तन गर्न वा थप्न पनि आई १२९ फर्म भर्छन् ।

त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि आई १४० फर्म भर्नुपर्ने हुन्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड लगायत ईबी क्याटेगोरीका ग्रिनकार्डहरुका लागि आई १४० फर्म भर्न आवश्यक छ ।

यो समाचार अडियोमा पनि उपलब्ध छ । अडियो सुन्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com